" दाई मलाई पनि केही परसम्म पुराइदिनोहोस् न ! "- वर्माको नजिकै आएर एउटी महिलाले भनीन, उनको काखमा अन्दाजी एक वर्षको बालख पनि थियो । वर्मा दयालु स्वभावका थिई उनले बस्न अनुमति दिए ।
" हस् कहाँसम्म जानुहुने हो ?"- वर्माले उक्त महिलालाई आफ्नो बाइकमा बसाल्दै सोधे ।
" यही आउने नेपाने गाउँमा मेरो घर हो ।"- उसले बताई । उनलाई नेपाने गाउँ भएरै लापङ्गटार जानुथियो ।
" ए ए नजिकको रहेछ । अनि के कामले आउनु भएको बजार उसले सोध्यो ।" बाबुलाई अलि बिसञ्चो छ त्यसैले औषधी लिन आएको ।"- उसले भनी । " हजुर काँसम्म जानुहुन्छ ? "- उसले सोधी ।
" म लाङ्गटारसम्म जान छ । " - उसले भन्यो ।
" ए ...ए... मेरो घर बाटैमा छ सर चिया नास्ता खाएर जानुहोला है ।"- उसले भनी ।
" ढिला हुन्छ मलाई छिट्टै फर्किनु छ । फेरी कुनै बेला खाउँला नि ।"- वर्माले भने ।
कुरा गर्दा गर्दै नेपाने गाउँ आएको पत्तै लागेन । " सर त्यो पोलनिरको मेरो घर हो । कृपया एक्कैछिन पानी त पिएर जानु होला । " महिलाले अत्यन्तै जिद्दी गरी ।
वर्माले उसलाई निराश गर्न चाहेनन् । उसको झोला उचालेर घरभित्र पसे ।
" म त हजुरको नामनै सोध्न भुलेछु ।"- उनले भने । " पवित्रा हो मेरो नाम । " उसले भनी ।
" पानी मात्र पिएर जान्छु मलाई चिया न बनाउनोस् ढिला भएको छ पवित्रा बहिनी ।"- वर्माले भने।
पवित्राले पानी लिएरै थमाउँदै थिइन् यत्तिकैमा उनका सासु ससुरा टुप्लुक्कै आइपुगे ।
" खुब मोज गर घरमा लोग्ने नभएपछि जुन नाठो खेलाए पनि त भयो ।"- पवित्राको सासुससुरा घरभित्र पस्दै भने ।
" वर्मा ट्वाल परेर उनीहरूलाई हेरिरहे ।
- घोराही १८, दाङ्ग ।
११-११-२०२५ (२५-०७-२०८२)