‘शिरीषको फूल’ उपन्यासको वास्तविकता
‘शिरीष फूल भ्रमर चुम्बनमै ओइली झर्छ ।’ पूरै उपन्यासको सार भनिएला । हुन पनि यहाँको फूलले यस्तै परिणति प्रस्ट्याएको छ । स–साना क्रियाहरू जो कल्पित प्रायः थिएनन्, क्रियान्वयन आफूमा जबर्जस्त गरिँदा तरल मनस्थितिमा कस्तो आघात पर्ला ? त्यसपछिको मनोवेग, दृष्टि र आफूबोधका प्रश्नहरू कसरी आफैबाट पर बन्दै जाने गर्लान् । ऊ उसप्रति आघात गर्ने घातक र त्यसको औचित्यको प्रश्नले जीवनलाई कसरी फिकाबोध गर्दै जाला । यिनै वस्तुसत्य न हो कुमारी पारिजातको ‘शिरीषको फूल’ ।
प्रकाशक छाप्न पाएकोमा गौरव ठान्छ, भूमिका लेखक लेख्न पाउनुको उत्कर्षमा सीमावारहरू नाघ्न पुग्छ, पाठकहरू अति नै राम्रो मात्र प्रतिक्रिया दिन्छन् । अध्यापक र विद्यार्थीहरू कसी–कसौटी र दृष्टिदृष्टान्तमा शिल्प–कलाकारिताको अभूतपूर्व प्रयोग मान्छन्, समीक्षक–पर्यावलोक विसङ्गति अस्तित्ववाद, शून्यवाद अनि के–के वादका नाममा एउटै शिरीषको महत्ता मुक्तकण्ठमा गाउँछन् । स्वयम् लेखिका अहिलेको समाजले यसलाई जलाइदिए पनि हुन्छ भन्न पुग्छिन् । खोइ, कति सत्यता छ कसको बोलीमा म के भनौँ । एकै वस्तुमा पनि यसरी दृष्टि पार्थक्य ।
हो त बौद्धिक खुबीको कारण एकै वस्तुको मूल्याङ्कन आआफ्नो स्तरअनुसार गरिन्छ । राम्रो भएको कारण, प्रशंसा पाएको कारण, पुरस्कार पाउनाको कारण प्रकाशकले यो संस्करण (तेस्रो) देखि आफ्नो हात बढायो र मुक्तकण्ठले आफूले पनि प्रशंसा ग¥यो । भूमिका लेखक साँच्चै उसकै झैँ जीवनवादी प्रक्षेपणाहरूलाई सरल–तरल किसिमबाट प्रयोग गरेकोले होला, दोहोरो महत्ताको सीमामा उभिएर उपन्यासमा ओझ थपिदिन पुग्यो । पाठकहरू जीवनकै एक सरल रेखालाई उठाउँदा कसरी आफूलाई अनुवाद नगरून् त्यसैले राम्रो भनिदिए । छात्र शिक्षक पर्गेल्छन् तर भेटिन्छ एक पल जीवनको सीधा सत्य र सङ्लो कला अनि कसरी कोकिलकण्ठी गीत नगुन्जाऊन् ? हो, समीक्षकहरू, प्रबुद्धवर्ग, कलाको पारख गर्ने क्षमता तिमीहरूमा छ, प्रेषित अनुभूति तिम्रा अभ्यस्त अनि सचेतन मनस्थितिले सजिलै टिप्छ, तिमीहरू त्यसलाई दोस्रो गतिमा पुनः तरङ्गन गर्न सक्छौ ।
त्यसैले एउटै वरीलाई कहिले कामुवादी, सात्र्रवादी, विसङ्गतिवादी, शून्यवादी, बुद्धवादी इत्यादि नामाङ्कन गर्न पुग्छौँ । लेखिका हिजोभन्दा आजमा उभिँदा भोलि मीठो मान्नु सनातन सत्य हो । फेरि भोलिको आधार कल्पना भएकोले अझ मीठो हिजो अनुभूतिमा पचाइसकेकोले छोक्राजस्तो लाग्नु स्वाभाविक पनि । तर तिमीले आफूलाई मात्र हेरेर आजको समाजले यसलाई च्याते, जलाए नपढे हुन्छ भन्न पाउन्नौ बरू यस विषयमा मौन रहू न ! तर म भन्छु, शिरीषमा आजको मनोविकलाङ्ग मान्छेको सजीवीकरण कलात्मक किसिमले भएको छ र उन्मुक्तिको परोक्ष कल्पना पनि गरेको छ । त्यसैले यो शङ्कर लामिछानेले भनेझैँ प्रेमको इचनबकm (उनकै भनाइझैँ यौन अनुभूति) पनि होइन, कल्पनाको द्वन्द्व पनि होइन, कलाको क्लाइमेक्स पनि होइन तर क्षत–विक्षत जमानाको एउटा सन्दिग्ध प्रयोग, जसले कतै कसैप्रति प्रतिक्रिया जनाउनुको सट्टा भवोन्मुक्ति खोज्छ तर असफल भए अवसान चढ्छ ।
चरित्रहरू कसरी हाम्रो जीवनका पृष्ठभूमिबाट सजिलै टिपिएका छन् । नायक सुयोगवीर वैँश ढल्किसकेको उपभोगवादी पुरुष । उसको पुरुषत्वमा विकृत छ । अझ ऊ महासमरको सहभागी– युद्ध देखेको, भोगेको सैनिक व्यक्ति । उसका अर्थमा प्रेम पनि (वरीमा अपवाद राख्दछ) युद्धजस्तै उपभोगीय अर्थमा रहन्छ । वरी तर प्रतिक्रियाहीन नारी भरखरै यौवनमा पुगेकी । नारीत्व उसमा जिउँदो हुँदो हो त प्रेम, जीवन र समाजलाई ऊ सनातन मूल्यमा लिने गर्थी होली । सुयोगको क्रियाप्रति प्रतिक्रिया देखाउँथी होली वा समर्पण जनाउँथी होली । सुयोगलाई दाज्यू (शिवराज)को साथीको नाताले दाज्यूकै अर्थमा हेर्ने गर्छे । सुयोग तर बहिनी औपचारिकतामा मात्र मान्ने गर्छ । शिवराज सुयोगवीर वा सकम्बरी दुवैभन्दा अझ अलग प्रकृतिको । न दुईको समन्वय छ उसमा, न विरोध । सुयोगवीर जति–जति उपन्यासको केन्द्रीय चरमसीमातिर दौडने गर्छ– वरी बेवास्ती र प्रतिक्रियावादी नभै गाढा देखिँदै जान्छे ।
उपन्यासको कथानक चित्र झन् विषयान्तर बन्दै जान्छ । चुम्बन (यहाँ संयोग भनौँ) अझ अभिशाप नै बन्यो र उपन्यासको दुःखद् अन्त्य हुन पुग्यो । वरी किन शून्यवादी भई ? कुनै तार्किक पुष्टि उपन्यासले दिँदैन । शायद जीवनको जटिलताबोध र यस नियतिभित्रको गाढा अनुभूति वरीमा छ । जीवन र उसको भत्कोसप्रति यसले सान्निध्य कायम गरेको छ । त्यसैले प्रेम–प्रणय उपलब्धि सबै उसमा निरर्थक भैदिन्छन्– मृत्यु पनि सामान्य भैदिन्छ । मनोत्सर्ग, एउटी यौवनामा हुनुपर्ने गुण–वज्र्य भयो र उसले प्रेमप्रणयको सट्टा मृत्युलाई वरण गरी । आवेग–संवेगहीन पनि मान्छेको दृष्टान्त प्रष्टतः देखाई । सुयोगवीर आत्मामै यस घटनाप्रति न्यून प्रायश्चित्तबोध गर्न पुग्छ । शिवराज निर्वेदशुष्क शिथिल रहन्छ । शिरीषको यो त्रिकोणीय सम्बन्धलाई यसरी पनि हेर्नं सकिन्छ ।
– सकम्वरी (वरीमात्र पनि भनिन्छ) जे उपन्यासकी नायिका । उपन्यासलाई विषयवस्तुतिर अघि बढाउने प्रमुख भूमिका निभाएकी छे ।
– शिवराज– वरीको एकमात्र दाजु, सुयोगको आत्मीय साथी । उपन्यासको पृष्ठभूमि तर शिथिल भूमिका निभाउँछ ।
– सुयोगवीर– अधबैँसे सैनिक जसले जीवनको सम्पूर्ण महत्ता नै वरी प्राप्तिको कल्पनामा सँगालेको हुन्छ ।
त्रिकोण १, २, ३ एउटा क्यानभास चित्र मानौँ । जसको आधार ‘क’ भन्ने भुजामा छ । त्यसको चरममा ९एभबअप एयष्लत० १ मा हुन्छ । १ परित्यक्ताको पनि चरमसीमा, निर्वेदताको शिखर र शून्यको पराकाष्ठा । उसका दुई दिशामा तेर्सिएका ‘ख’ र ‘ग’ मा दुई पुरुषत्वहीन समानार्थी समबाहु छन् । १ बाट २ र ३ को दूरी बराबर हुनुको अर्थ वरीमा शिवराज र सुयोगप्रति भएको समान दृष्टिकोण हो । तीनै कोणको समन्वय मूल्यमा प्रश्नात्मकता ठडिनुचाहिँ उनीहरू सङ्गत जीवन प्रणाली हो । पूरै त्रिभुज क्यानभास मान्दा त्यहाँका तीन रेखा एकै रङ्ग अवयवमा आबद्ध तर प्रतीकप्रयोग हुन् भने १,२,३ पनि रङ अवयवको निर्वेद, भाव सम्प्रेषणको रित्तो प्रतीतिको क्यानभास । न क्लाइमेक्स छ, न सम्मोहन । बरु वृत्तात्मक वृत्तमा १, २, ३ रहन्छन् ।
हो, उनको प्रयोगमा आजको युगीनतालाई स्थान दिइएको छ । मनोभ्रान्ततालाई उजेल्याइएको छ । क्षतिग्रस्त मनोदशालाई वृत्तात्मकता टाँगिएको छ । त्यस्तै भोग्ला सायद एउटा सैनिक जसका आँखामा युद्ध, विभीषिका सल्केको थियो, एक्लो छ र जीवनमा अझै अनुभूति सँगाल्न होला । कुन्नि नत्र किन हो ? यौवन लेशमात्र नहुँदा पनि प्रणयभाव निम्त्याउन चाहन्छ तर वरी मनोरोगग्रस्त अनि संवेदनाका कारणले होली (सायद) अब माया–संवेदनालाई पनि पचाइसकेकी अझ जीवनलाई नै पचाइसकेकी यौवना शून्यको वृत्तमा रहेर जीवन भोग्छे, ऊ आफै पथमा अडिग रहन्छे मृत्युतक तर उसमा तिनै पात्रले जीवनमा अर्थ र आदर्शलाई मौन सङ्केत गरेका छन् । जीवन दायराहरूमा स्वतः बन्देजित छ । सो हुनु, उसको प्राकृतिकताको प्रतिकूल पनि हो– उपन्यास परोक्ष सङ्केत गर्छ । त्यसैले होला भूमिका लेखक सन्दर्भमा ‘बुद्धको शून्यवादले कर्मवादको परिणतिलाई अपनाएको छ’ भन्न पुग्छन् ।
पारिजात– शिरीषको फूलको कलाकर्मी, एक सिद्धहस्त हस्ताक्षर । नारी मनोदशाकी अद्वितीय प्रयोक्ता, नारी मनोदशा र यथार्थतालाई उतार्ने क्रममा न उनले पूर्वाग्रह राखेकी छन् आफ्ना कलामा न कला स्वयम् आभ्यान्तर निःसृतिमा कृतिमता नै अपनाएकी छन् । उनको ‘शिरीषको पूmल’मा मात्र हैन ‘के आदिम देश’ वा ‘महत्ताहीन’, ‘वैँशको मान्छे’ वा ‘तोरीबारी बाटा र सपनाहरू’ सबै वस्तुगत जीवनका सरल प्रतिचित्र हुन् भने सबैले मनोन्मुक्ति र मानवीय ‘स्व’को (परोक्ष वा प्रत्यक्ष) गवेषण गर्दछन् । ‘मनस’ मान्छेको सर्वोच्चता हो, उनी विश्लेषित सबै हरफहरू यसका पक्षपाती देखा पर्छन् तर उनमा भोगिँदो जीवन आफू स्पष्ट हुन नसकेको निरर्थक अनि महाशून्य भएकाले यसलाई ‘पर्खालभित्र पर्खालबाहिर’ र ‘अनिँदो पहाड’ले अर्थमा भेट्टाउने प्रयत्न ग¥यो । वरी–बाटुली हुनुपर्ने हो । कति वास्तविकता छ उनको कलाभित्र ।
-युवराज मैनाली