Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अष्ट्रेलियाको मेलबर्नमा धार्मिक महोत्सव हुँदै

अष्ट्रेलियाको मेलबर्नमा धार्मिक महोत्सव हुँदै

नेप्लिज डायस्पोरा

६, मंसिर २०८२
images
अष्ट्रेलियाको मेलबर्नमा धार्मिक महोत्सव हुँदै

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा धार्मिक महोत्सवको आयोजना हुनेभएको छ। नेपालीहरुको सबैभन्दा ठूलो संस्था 'अष्ट्रेलियन नेपलीज मल्टिकल्चरल सेन्टर - एएनएमसीले महोत्सवको आयोजना गरेको हो। यो संस्था मेलबर्नमा पशुपति मन्दिर र गुम्बा सहितको नेपालीहरुको आफ्नै सामुदायिक भवन निर्माणको उद्देश्य सहित स्थापना भएको थियो। 

यस वर्ष एएनएमसीले डिसेम्बर १८ देखि २३ तारिखसम्म संचालन हुने धार्मिक महोत्सवको आयोजना गरेको छ। धार्मिक महोत्सवको समुद्घाटन भने शुक्रअस्तका कारण १२ तारिखमा गरिने पण्डित नारायण प्रसाद ज्ञवालीले बताउनुभयो। महोत्सवको मूख्य कार्यक्रम १८ देखि २३ तारिखमा रहनेछ। कलश यात्रा, पन्चेबाजा, विभिन्न भेषभुषामा झाँकी सहित एक सय एक कन्यालाई अगाडी राखेर १८ तारिखमा महोत्सवको प्रारम्भ हुनेछ। 

एएनएमसीको आफ्नै प्राङ्गणमा हुने यस महोत्सवमा १९ देखि २३ तारिखसम्म पूज्य माता राधिका दासीज्यूबाट संगीतमय सत्संग प्रवचनको मीठास लिन पाइनेछ। साथै, महोत्सव अवधिभर दैनिक दिव्य भगवानका लिलाहरु सहितका फरक-फरक प्रस्तुतिहरु रहनेछन्। 

महोत्सव संयोजक तथा एएनएमसीका उपाध्यक्ष केशव कँडेलले 'हामी नेपाली, एक परिवार' भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सम्पूर्ण नेपाली समुदायलाई यस महोत्सवको सफलताका लागि सहयोग गर्नुहुन अनुरोध गर्नुभएको छ। हामीसंगको कुराकानीमा उहाँले नेपालीहरुको एकता, धार्मिक सहिष्णुता, संस्कृति  र पहिचानलाई फैलाउन तथा एएनएमसीको मुख्य उद्देश्य प्राप्तिका लागि यो महोत्सवको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।  

'हामी नेपाली, एक परिवार' संदेश सहित महोत्सवको आयोजनामा जुटिरहेको एनएमसीले सबैलाई महोत्सवमा सहभागी भएर संस्थाको आजीवन सदस्य बन्न अनुरोध गरेको छ। संस्थाका अध्यक्ष तिलक पोखरेलले महोत्सवको अर्को उद्देश्य एएनएमसीलाई आर्थिक रुपले सबल बनाउने रहेको हुँदा सम्पूर्ण नेपाली समुदायलाई यसमा हातेमालो गरिदिनुहुन अनुरोध गर्नुभएको छ।

WhatsApp Image 2025-11-17 at 09.17.10_71408b8b.jpg

images
प्रकाशित मिति :मंसिर ६, २०८२ शुक्रवार - १६:३९:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend