जसलाई फाले पनि भ्रष्टाचार रोकिएन,
आलोपालोको कबै व्यवहार रोकिएन ।
हिजै त हो भाईबहिना मारिए कलिला,
आन्दोलन हुन्छ उस्तै लगातार रोकिएन ।
पेसाकै लागि बनेका हुन्छन् पेसेवर धेरै,
र त बनेका हुन्छन् उनै खुँखार रोकिएन ।
जातीय क्षेत्रिय नारा बनाएर नेताहरूले,
राजनीतिको गर्न थाले व्यापार रोकिएन ।
असमान सन्धी सम्झौताको विरोध गर्दा,
दशकौँ बित्यो उस्तै हुन्छ करार रोकिएन ।
भ्रष्टाचारको विरूद्ध रगत बगाए हजारौँ,
फेरी घुम्दै आउँछ उही सरकार रोकिएन।
घोराही उपमनपा- १८, दाङ
०१-१२-२०२५