Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पाली कवि माधव देवकोटाको १२३औं जन्मदिवस तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

पाल्पाली कवि माधव देवकोटाको १२३औं जन्मदिवस तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२१, मंसिर २०८२
images
पाल्पाली कवि माधव देवकोटाको १२३औं जन्मदिवस तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

मार्ग १८, पाल्पा ।

नेपाली तथा संस्कृत भाषाका विशिष्ट कवि तथा विद्वान् कविरत्न माधवप्रसाद देवकोटाको १२३ सौं जन्मदिवस रुपन्देही लीलाराम नेउपाने मा. वि .सिद्धार्थनगरमा भव्य समारोहका साथ सम्पन्न भएको छ । माधव-दमयन्ती देवकोटा पाल्पाले प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षता तथा कवि ठाकुरचन्द्र शर्माको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कवि तथा  आख्यानकार वनमाली निराकारले कविरत्न माधवप्रसाद देवकोटाको व्यक्तित्त्व तथा कृतित्त्वमाथि विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाली तथा हिन्दी भाषाका प्रखर कवि  कृष्णशरण उपाध्यायलाई पुरस्कार सहित अन्य स्रष्टाहरूलाई सम्मान गरिएको थियो । कवयित्री कमला देवकोटाले संस्था परिचय सहित स्वागत मन्तव्य राख्नुभएको थियो । माधवप्रसाद देवकोटारचित 'गणेशगौरवम्' र 'भारतीवैभवम्' बाट मङ्गलाचरण स्वरूप केही श्लोक वाचन वाचन गरी कवयित्री रचना देवकोटाले कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो । सम्मानित  कवि कृष्णशरण उपाध्यायले नेपाली तथा हिन्दी भाषाका केही कविताहरू सुनाउनुभएको थियो। कवि होमनाथ काफ्लेले माधवप्रसाद देवकोटारचित 'जीवनदानम्' का केही श्लोक अर्थसहित वाचन गर्नुभएको थियो । 

att.LLiJs1BBL77tGQK2aP1e2VHmsFrsnB_3EoChwHbd6E4.jpeg

शुभकामना दिनेहरूमा सिर्जनशील साहित्य समाजकी  अध्यक्षा सरु ज्ञवाली, समालोचक ऋषिराम भुसाल, रमेश समर्थन, बूँद राना लगायतका साहित्यकारहरू हुनुहुन्थ्यो ।  

प्रमुुख अतिथि ठाकुरचन्द्र शर्माले माधवप्रसाद देवकोटाको शिक्षण कलाको अनुभव सुनाउँदै उहाँको कवित्त्व र दार्शनिक व्यक्तित्त्व माथि विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो  । अध्यक्ष कृ्ष्णप्रसाद कोइरालाले देवकोटाको प्रसिद्ध खण्डकाव्य 'भारती वैभवम्' का विशेषताहरू बताउनुभएको थियो । अन्तमा नवराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका सचिव श्रीधर नेपालको कुशल सञ्चालनमा सफलतापूर्वक अगाडि बढेको थियो ।

समाचार/तस्वीर :सामाजिक संजालबाट

att.0PXMGsfF4qYqRR0Rx6opJ2jvg8S3OecdN0TTjprJRgA.jpeg

 

att.o2riGuOFdvj-GLpfk75ZgPIlZNf2nh8bf9fS_J0pmjM.jpeg

 

images
प्रकाशित मिति :मंसिर २१, २०८२ शनिवार - ०८:०७:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend