Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

११ जना नारीलाई पाल्पाको तानसेनमा सम्मान

११ जना नारीलाई पाल्पाको तानसेनमा सम्मान

नेप्लिज डायस्पोरा

२१, मंसिर २०८२
images
११ जना नारीलाई पाल्पाको तानसेनमा सम्मान

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले प्रतिष्ठानको २० ओैं वार्षिक दिवस  तथा  ९७ ओैं कुलमणि देवकोटा जन्मजयन्ती समारोहको अवसरमा ११ जना नारीलाई  पाल्पाको तानसेनमा पुरस्कृृत एवं सम्मानित गरेको छ । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा  प्रमुख अतिथि साहित्यकार  डा. अनिता लामिछाने र अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा विभिन्न क्षेत्रका ११ नारीलाई सम्मानित गरिएको हो । नारीहरूलाई पुरस्कृत एवं सम्मानित गरिसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि साहित्यकार डा. लामिछानेले भन्नुभयो ," शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा क्रियाशील संस्थाले सचेतना शिक्षा , स्वास्थ्य शिविर संचालन र साहित्यको विकासको लागि महत्त्वपूर्ण योगदान पुर्याएको थाहा पाउँदा खुशी लागेको छ। यस्को मूल्यांकन समयले गर्नेछ । सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गरिनै रहनु पर्दछ, सफल भइन्छ ।"

हरेक वर्ष साहित्यकार कुलमणि देवकोटाको जन्म जयन्तीको अवसर पारेर साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यसवर्ष कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट कवयित्री सरू ज्ञवाली ,लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कारबाट साहित्यकार सीता ढुङ्गाना काफ्ले , जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कारबाट शकुन्तला पौडेल ' सानु' , विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट युनाइटेड मिसन अस्पताल तानसेनकि सिनियर स्टाफ नर्स सीता पन्थी, ,इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट शिक्षासेवी पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ , शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट रेडियो संचारकर्मी गीता ज्ञवाली , बालहरि स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी मन हेमचुरी पौडेल ,दीनानाना साहित्य सेवा सम्मानबाट साहित्य प्रतिष्ठानकि आजीवन सदस्य गुणवती के.सी.,राधावद्री स्मृति स्वयंसेवा सम्मानबाट समाजसेवी एवं स्वयंसेवी महिला सरस्वती भट्टराई , शिस्वासाप्र राष्ट्रिय सुसेली सम्मानबाट सुसेली सर्जक कवयित्री इन्दिरा ज्ञवाली पौडेल  र तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट न्यू होराइजन स्कुलकी छात्रा अदिति चापागाईंलाई पुरस्कृत गरेको छ । पुरस्कार सम्मान तथा पुरस्कृत एवं सम्मानित व्यक्तिहरूमाथि प्रकाश पार्ने कार्य सदस्य भोजराज भट्टराई द्वारा भयो ।

att.FZG7_FMONT0Uzxw4pu2CKW_dBa88jYIfLKAi5FWh4ek.jpeg

कार्यक्रममा प्रतिष्ठानले चारवर्षे  विमला कमल शैक्षिक छात्रवृत्ति , ज्ञानज्योति शैक्षिक छात्रवृत्ति , नैना नेपाल छात्रवृत्ति र माता दीनकुमारी स्मृति छात्रवृत्ति प्रदान गरेकोछ । जसबाट ३ वटा  विधालय र ३ वटा क्याम्पसका गरि १४ जना छात्राहरूले नियमित छात्रवृत्ति प्राप्त गर्दै आएका छन्। प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाशराज रेग्मी , ज्योति रेग्मी अधिकारी , नैना नेपाल , रोहित प्रसाद ज्ञवाली छात्रवृत्ति दाताको रूपमा रहेका छन् । प्रतिष्ठानले विधार्थी केन्द्रीत साहित्यिक कार्यक्रमहरू समेत संचालन गर्नुका साथै समय समयमा स्वास्थ्य सचेतना शिक्षा र मुटु तथा दन्त परीक्षण शिविरहरू संचालन गर्दै आएको छ ।

 

कार्यक्रममा सचिव छबिलाल भुसालले प्रतिष्ठानको लेखापरीक्षण सम्पन्न आ.व.२०८१/०८२ को रू.८,१४,२१६/-बराबरको आयव्यय प्रस्तुत गर्नुभयो । अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानमा ११ वटा सम्मान कोष रहेकोमा आगामी वर्षदेखि शिक्षाको क्षेत्रमा थप र शीत तथा गुलेली काव्यको क्षेत्रमा समेत पुरस्कार सम्मानका लागि कोष स्थापना भएको जानकारी गराउनु भयो । प्रतिष्ठानमा समाजेवी रेणुका श्रेष्ठद्वारा हीराकृष्ण शिक्षा पुरस्कार , र‍ोहित प्रसाद ज्ञवालीद्वारा गुलेली काव्य पुरस्कार र अथक रेग्मीद्वारा शीत काव्य पुरस्कार स्थापना गरियो । 

कार्यक्रममा पं.गोविन्द प्रसाद भुसालद्वारा लिखित कृति

" नेपालको ७७ जिल्लाहरूको भ्रमण तथा भारत चीनको तीर्थयात्रा" को प्रमुख अतिथि डा. लामिछानेद्वारा  लोकार्पण भयो । लोकार्पित कृति माथि भैरहवा बहुमुखी क्याम्पसका सह प्राध्यापक डा. दामोदर ढकालद्वारा सम‌ीक्षा गरियो । नेपालका ७७ वटै जिल्लाको बारेमा संक्षेपमा लेखिएको कृति जानकारीमूलक  रहेको छ ।

जानका नेपाल,भेषराज सुवेदी, बुद्धिप्रसाद शर्मा , बाबुराम कार्की ,गुणवती के.सी., शकुन्तला पौडेल , सीता ढुङ्गाना ,सरू ज्ञवाली र प. गोविन्दप्रसाद भुसालद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । प्रतिष्ठानको उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीद्वारा स्वागत र महासचिव चन्द्रकान्त न्यौपानेको संचालनमा भएको समारोहको सभापतित्व अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा गरिएको थियोे ।

 

***

images
प्रकाशित मिति :मंसिर २१, २०८२ शनिवार - १८:२६:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend