सिंहासन र अनुहार
त्यस आर्यावर्तमा एउटा विशाल राज्य थियो । शासकहरू अमरत्व प्राप्तिको रहस्य थाहापाउन लालायित थिए । उनीहरूको ठहर थियो ।‘जो अमरणशील छ, ऊ नै सत्ताको अधिकारी हुन पाउँछ ।’ विद्वत् समाजको सोचचाहिं वेग्लै थियो ।, ‘अमरत्व शरीरमा होइन, कर्ममा हुन्छ ।’ यस कुरालाई शासकहरूले वेवास्ता गरेका थिए ।
शासकका चाहनामा भव्यअट्टालिका महलहरूनिर्माण हुँदै गए । दुर्ग, किल्ला र भव्यभ्यू टावरहरूको स्थापनाहुँदै गयो । जमिन धाँजा पर्दैैगयो । नदीनाला सुक्दै गए । पहिरो र भूस्खलनमा राज्यका अधिकांश पर्वतमालाहरू धरासायी हुँदैगए । प्रकृति तिमिराच्छन्न हुँदैगयो ।
‘दरवार परिसरभित्रउत्सव चलिरहेको थियो ।,त्यस राज्यमा हरेक दशकभित्र सिंहासन फेरिनुपर्थ्यो जसले सिंहासनवाजी मार्थ्यो । अघिल्लो दशकसम्म ऊनै सुरक्षित रहन्थ्यो ।
यसरी कैयन् दशकसम्म सिंहासन प्राप्तगर्ने नयाँनयाँ अनुहार आउनथाले । सिंहासन त्यही थियो । अनुहार फरक हुन्थे । सिंहासनको विधिचाहिं परिवर्तन हुन सकेन ।
-युवराजमैनाली