✍️ सुरेशकुमार पाण्डे
" बाबा नमस्ते !" नेहाले धनसिंहलाई दुबै हात जोडेर भनी ।
" नमस्ते ! नानीलाई मैले चिन्न सकिन नि ? "-धनसिंहले परिचयको आस गरे ।
" मेरो घर अलि टाढा छ, नजिकै एउटा सहकारी कम्पनीमा काम गर्छु । यो बाटो आउने जाने क्रममा हजुरलाई काम गरिरहेको देख्छु । आज हिम्मत जुटाएर परिचय गरौँ भनेर सोधेको । " नेहाले अलिक नजिकै आएर भनी । उनी काम गर्न छाडेर एउटा कुर्सीमा आफू बस्दै र अर्को खाली कुर्सीमा उसलाई बस्न ईशारा गरे ।
चिसोको मौसमा अहिले भने घाम चर्को थियो ।
" अनि नानी अहिले कता हिँडेकी ?"- उनले सोधे ।
" यतिबेला हाम्रो चिया नास्ताको समय हो त्यसैले बाहिर घाम तापेकी थिएँ हजुरलाई देखेर यसो परिचय गरौं कि जस्तो लाग्यो ।" नेहाले भनी ।
" हजुर आफैले कति काम गरिरहनुहुन्छ ? थकाई लाग्दैन र हजुरलाई ?" आफ्नो घरको काम गर्दा के थकाई लाग्नू ? मलाई त काम गरिरहुँ झैँ लाग्छ ।" धनसिंहले नेहातिर हेरेर खिसिक्क हाँस्दै भने ।
" हजुरको घरमा छोराछोरी हुनुहुँदैन ?" उसले सोधी ।
" छन् छोराछोरी सबै छन् ।"- धनसिंहले भने ।
कति सुन्दर मेजासी यो त काम पनि खुबै गर्दी होली ।घरमा राखे शोभा बढ्ने खालकी । तर छोराहरूले विवाह गरिसके र पो ।"- उन्ले मनमनै सोंचेका थिए ।
" हस् बाबा अब लाग्छु ।"- उसले बिदा माग्दै भनी । " यस्तै काम गर्ने ससुरा भएको घरमा विवाह गर्न पाए त आरामसँग जीवन काटिन्थ्यो । सिन्कै नभाँची " नेहाले मनमनै सोँच्दै थिई ।
- घोराही १८, दाङ ।
(१८-०९-२०८२)