Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बाल्टिमोरमा अब एउटै छानामुनि स्वास्थ्य बिमा सेवा र आर्थिक सुरक्षाको सुविधा पाइने

बाल्टिमोरमा अब एउटै छानामुनि स्वास्थ्य बिमा सेवा र आर्थिक सुरक्षाको सुविधा पाइने

images
बाल्टिमोरमा अब एउटै छानामुनि स्वास्थ्य बिमा सेवा र आर्थिक सुरक्षाको सुविधा पाइने

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर शहरमा स्वास्थ्य बिमा सेवा लगायत अन्य विविध बिषयलाई समेट्दै एक नयाँ शाखा कार्यालयको भव्य उद्घाटन गरिएको छ। वरिष्ठ प्रबन्धक राजेश रजक र उनकी धर्मपत्नी चन्द्रावती रजकको नेतृत्वमा यो कार्यालय सञ्चालनमा आएको हो।

 

यस कार्यालयले विशेष गरी नेपाली भाषी समुदाय र अन्य विभिन्न देशका नागरिकहरूलाई भविष्यका लागि सुरक्षित बनाउने सेवाहरू प्रदान गर्नेछ। त्यहाँ उपलब्ध हुने मुख्य सेवाहरूमा स्वास्थ्य र जीवन बिमा समेत रहेका छन् ।

यसै गरि शिक्षा र अवकाश योजना, सम्पत्ति व्यवस्थापन अन्तर्गत आफ्नो घर-जग्गा र सम्पत्तिको सही कानुनी व्यवस्थापन (इच्छा पत्र) गर्ने सेवा, गाडी र घरको सुरक्षा लगायत सेवा प्रदान गरिने छ ।

IMG_7859.jpeg

 

कार्यक्रमका प्रमुख अतिथि डा जिम ,नरेश केसी ,शर्मिला केसी लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रम अझै गरिमामय बनायो। 

यो कार्यालयले समुदायका मानिसहरूलाई पैसाको सही व्यवस्थापन र कानुनी कागजातहरू (नोटरी पब्लिक) सम्बन्धी काममा ठुलो सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

 

यस शाखामार्फत समुदायलाई स्वास्थ्य बीमा,सम्पत्ति योजना अर्थात् इच्छा पत्र योजना ,अवकाश (निवृत्ति) योजना ,कलेज शिक्षा योजना ,दीर्घकालीन हेरचाह योजना ,ऋण व्यवस्थापन ,करसम्बन्धी सीमित ज्ञान जस्ता महत्वपूर्ण वित्तीय तथा जीवन योजना सम्बन्धी सेवाहरू एकै ठाउँमा उपलब्ध हुनेछन्। 

 

IMG_7860.jpeg

साथै इथोपियन सवारी साधन प्रशिक्षक मलिक तथा उनकी धर्मपत्नीको सक्रिय सहभागिता पनि कार्यक्रमको विशेष आकर्षण रह्यो।

यस अवसरमा नाइजेरिया , क्यामरुन ,नेपाली तथा भारतीय तथा अन्य विभिन्न समुदायका सहभागिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

आयोजकले सबै सहभागी, अतिथि तथा सहयोगीहरूप्रति धन्यवाद दिएको छ ।

 

 

images
प्रकाशित मिति :माघ १, २०८२ बुधवार - ०५:४९:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend