Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

समर्पण ( कविता )

समर्पण ( कविता )

नेप्लिज डायस्पोरा

१५, फाल्गुण २०८२
images
समर्पण ( कविता )

समर्पण 

सङ्का हुने भनेको नै विश्वास नभएर हो

तिम्रो पीडा तिम्रो आँसु  हेर्न सक्दिन म ।

 

सगरको जस्तै माथ उच्च राख्ने चाहना हो

लगाइ टिको कलङ्कको केर्न सक्दिन म

तिम्रो पीडा तिम्रो आँसु  हेर्न सक्दिन म ।

 

मौसम जस्तै जीवनरेखा परिवर्तन भइरहन्छ

चल्छ हुरी आउँछ आँधी घेर्न सक्दिन म ।

बुझी नियम प्रकृतिको हरदम खुसी  बने

तिम्रो पीडा तिम्रो आँसु  हेर्न सक्दिन म ।

 

अटुट यो हृदयमा अमिट छाप लगाएर

बसेका छौ राजकाज गरि फेर्न सक्दिन म

तिम्रो पीडा तिम्रो आँसु  हेर्न सक्दिन म ।

 

मेरालागि तिम्रो वाणी ब्रम्हवाक्य सावित हुन्छ

जो कोहि सामु तिम्लाई जस्तो टेर्न सक्दिन म

तिम्रो पीडा तिम्रो आँसु  हेर्न सक्दिन म ।

 

परि आए ज्यानै अर्पण गर्न पछि पर्दिन भो

राजकाज गरि बस्या मुटु फेर्न सक्दिन म

तिम्रो पीडा तिम्रो आँसु  हेर्न सक्दिन म ।

हेर्न सक्दिन म ।

 

-तुलसी स्पन्दन 

images
प्रकाशित मिति :फाल्गुण १५, २०८२ शुक्रवार - १९:३९:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend