Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राप्ती साहित्य परिषद् दाङद्वारा स्रष्टा सम्मानित तथा पुरस्कृत

राप्ती साहित्य परिषद् दाङद्वारा स्रष्टा सम्मानित तथा पुरस्कृत

Gomi

२२, चैत्र २०८२
images

पाल्पा, चैत्र १७ ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले आगामी चैत २१ गते शनिबारको दिन पत्रकार महासङ्घ दाङको सभाहलमा स्रष्टा सम्मान, पुरस्कृत, साधारण सभा तथा साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ । २०८२ सालको पुरस्कार समर्पणका लागि यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट, हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट दिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको छ । त्यसैगरी यस वर्ष विगतका वर्षहरू झैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकको तर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसी सम्मान गर्ने भएको छ । प्रस्तुत पुरस्कार समर्पणका लागि प्रतिभा छनौट समिति गठन गरिएको थियो । जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा 'समीर'  सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव  प्रकाश केसीलाई चयन गरिएको  थियो ।

उक्त दिन साहित्यिक कार्यक्रम पनि गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी गराउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २२, २०८२ आइतवार - ०८:४५:५२ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend