Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अनुपम सिर्जना प्रतिष्ठानको नियमित रचना वाचन वा कविगोष्ठी सम्पन्न ।

अनुपम सिर्जना प्रतिष्ठानको नियमित रचना वाचन वा कविगोष्ठी सम्पन्न ।

Gomi

२२, चैत्र २०८२
images
अनुपम सिर्जना प्रतिष्ठानको नियमित रचना वाचन वा कविगोष्ठी सम्पन्न ।




पाल्पा, चैत २१ ।

  अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५६ औँ नियमित स्वतन्त्र विधा भौतिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित एवं समीक्षक पुरुषोत्तम सिग्देलज्यू, विशिष्ट अतिथि भोजराज न्यौपाने, पवनकुमार बुढाथोकी, हरि खनाल तथा र बमबहादुर थापा 'जिताली' को गरिमामय उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ ।


उपत्यकाको पश्चिम भेगमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, मुक्तक निकै चित्ताकर्षक ढङ्गबाट कविहरूले प्रस्तुत गर्नु भएको थियो । देशभक्ति भावले भरिएका, जनचेतनामूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना सुमधुर लयमा वाचन गरिएको थियो ।
उक्त गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने भुवनहरि सिग्देल  (लोकछन्दको - उड्कुसी मुड्कुसी कविता), पुरुषोत्तम सिग्देल (उपेन्द्रवज्रा छन्दको– ऐना पुछे न त पुछिन्छ दाग कविता), डा.बमबहादुर थापा जिताली (अनुष्टुप् /शास्त्रीय छन्दको कविता छाँगा), हरि खनाल (भुजङ्गप्रयात छन्दको गजल), भोजराज न्यौपाने (मन्दाक्रान्ता छन्दको कविता कलम), पवनकुमार बुढाथोकी (चारु), गङ्गा लिगल (स्वछन्दको –साहित्य सुवास कविता), जगदीश्वर पोखरेल (चित्रिका - वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा), उत्तम भेटुवाल (उपजाति छन्दको– जिन्दगीको हिसाब कविता), गङ्गा भण्डारी (मालिनी छन्दको- समय कविता), सूर्यकुमार पण्डित (स्रग्विणी छन्दको - देवता कविता),  बिनुबाबा घिमिरे (भुजङ्गप्रयात छन्दको चलाउ विमान कविता), लक्ष्मीप्रसाद मिश्र – (सुसेली - शुभकामना), वीरबहादुर लोहनी (लोक छन्दको कविता वसन्त बहार) र बालकृष्ण सुवेदी (लोक छन्दको कविता किसानको श्रम) सुनाउनु भएको थियो ।
प्रमुख अतिथि पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठान नेपालले छन्दको उन्नयनमा गरेको योगदानबारे प्रकाश पार्नुका साथै सर्जक नबाँचे पनि कविता बाँच्नु पर्छ भन्दै स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको कुरा बताउनु भयो । साथै उहाँले वाचन गरिएका सिर्जनाहरूको सुललित किसिमले समीक्षा समेत गर्नु भएको थियो । प्रमुख अतिथिको कविताको भने हरि खनालले समीक्षा गर्नु भएको थियो ।
अध्यक्ष भुवनहरि सिग्देलले ।
कवितामा अलङ्कार, बिम्ब हुनु पर्दछ, भाषा मात्र कविता होइन । प्रयास गरे सफल हुन सकिन्छ भन्दै कवि सदैव विपक्षमा उभिए उक्त चरित्रको निर्वाह गरेन भने कवि र देश सकिन्छ भन्नु भएको थियो ।




images
प्रकाशित मिति :चैत्र २२, २०८२ आइतवार - २१:१६:४६ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend