Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्रस्नहरू ✍️ सहदेव कोइराला

प्रस्नहरू ✍️ सहदेव कोइराला

नेप्लिज डायस्पोरा

२७, चैत्र २०८२
images
प्रस्नहरू   ✍️ सहदेव कोइराला

फिक्का फिक्का लाग्दा सम्म त माया ठिकै होला।

दिक्क दिक्क लाग्न थाले पछि जिन्दगी के होला ?

संसारमा धेरै कुराहरू क्षणिक अनि अस्थायी छन 

चटक्क बिर्सिएरै आफ्नो बाटो लागे भने के होला ?

फिक्का फिक्का लाग्दा सम्म त माया ठिकै होला।

दिक्क दिक्क लाग्न थाले पछि जिन्दगी के होला ?

कसैको हैकम र दबाब सहन मान्दै मान्दैन यो मन

जे जे मन लाग्छ गर तिमी भन्दै साथ छोडे के होला?

फिक्का फिक्का लाग्दा सम्म त माया ठिकै होला।

दिक्क दिक्क लाग्न थाले पछि जिन्दगी के होला?

निराशाको कालो बादल मडारिएको देख्दैछु चारै तिर

घनघोर बर्षाद आएर बाढीले बस्ति नै बगाए के होला ?

फिक्का फिक्का लाग्दा सम्म त माया ठिकै होला।

दिक्क दिक्क लाग्न थाले पछि जिन्दगी के होला ?

कवि तथा गीतकार

images
प्रकाशित मिति :चैत्र २७, २०८२ शुक्रवार - २०:०३:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend