Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सहयोग कि पाप ? (लघुकथा)

सहयोग कि पाप ? (लघुकथा)

नेप्लिज डायस्पोरा

२२, जेठ २०८३
images

 

att.HSTzI1IHAOya-n2qy5V6RsIUzhdwUsLOlB25TDNyVrM.jpeg

✍ बालकृष्ण गजुरेल

 

"दाइ मलाई सहयोग गर्नुस् न ! " एक अर्धबैँशे महिलाले अचानक अस्पताल लैजाने आग्रहका साथ भनिन् ।

म बूढानिलकण्ठको गेटमा अलमल परेँ । आपतमा परेको मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने सोचेर पनि उनलाई कालीमाटीको एक अस्पतालमा छोडिदिएर हिँड्न खोज्दै थिएँ । उनले जिध्दि गरिन् ।

 

" मलाई घर जानू छ बैनी म गएँ ।" मैले बाध्यता पोखेँ ।

 

उनले झण्डै रुन आँटिन् । म थप बाध्यतामा परेँ । उनले पुन: अनुनयविनय गरिन्, "कृपया मलाई जहाँबाट ल्याइदिनु भयो उतै पूर्याइदिनुस् न ! "

 

"त्यसो भए हिँड ।" म हिँड्न खोजेँ ।

 

उनले केही क्षणमा जाने निधो गरी गेटभित्र लगिन् । दुइचार जना मान्छे थिए । डरडर लाग्यो । लिफ्टमा चढेर पाँचौ तल्ला पुगियो । बाहिर बच्चा नहुनेहरूको उपचार लेखिए पनि भित्र नानाथरी हुने रहेछ । भ्रुणदेखि अन्य खरिद बिक्रीमा ।

 

एक महिला चिच्याइन्, " ऐय्या नि आमा !! "

 

म झनै डर र त्रासमा रुमलिएँ । ती युवतीते नर्सले भने झैँ अौँठा छाप लगाइन् र भित्र पसिन् । उपचार गर्न कस्तो अौँठा छाप ? मनभरी प्रश्न तेर्सिए । आधा घण्टापछि ती खोच्चाउँदै बाहिर निस्कीन् । एवोर्सन गरेको अड्कल काटेँ । म सोफाबाटै सोचमग्न भएर हेरिरहन विवश थिएँ ।

 

पाँचतला झरेर मोटरसाइकल स्टार्ट गरेँ । तीनले भनेकै ठाउँमा बुढानिलकण्ठकै गेटमा छोडिदिएँ । हिँड्ने बेला तीनले दुई हात जोडेर भनिन्, " हजुरको सहयोगको लागि विशेष धन्यवाद ।"

उनले सहयोग गरेकोमा धन्यवाद त दिइन् । म भनेँ सोचमग्न भएँ । मेरो मनले प्रश्न गर्यो, " मैले सहयोग गरेँ कि पाप ?"

 

- हेलम्बु-६, सिन्धुपाल्चोक

images
प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - १४:३६:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend