Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -प्रदीप रोदन

गजल -प्रदीप रोदन

नेप्लिज डायस्पोरा

८, श्रावण २०८३
images
गजल -प्रदीप रोदन

जिन्दगीको मेसो पाउन समय लाग्छ

दु:खहरूमा मुस्कुराउन समय लाग्छ।

 

टुकी त एकै सासमा निभाउन सक्छु

जलेको पुतली बचाउन समय लाग्छ।

 

बाँच्नलाई बाँचिन्छ जसले छोडे पनि,

यत्ति हो चित्त बुझाउन समय लाग्छ।

 

यो जिन्दगी कहाँ उठ्छ र यति सजिलै,

यहाँ शवलाई त उठाउन समय लाग्छ।

 

प्रदीप रोदन 

   गोरखा

images
प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - २२:५७:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend