Logo

शुक्रवार, आश्विन १६ गते २०८३   |   2026 October 02

images

images

झिल्का कवितासङ्ग्रह 'आँगन'को समीक्षा कार्यक्रम सम्पन्न

झिल्का कवितासङ्ग्रह 'आँगन'को समीक्षा कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

३०, श्रावण २०८३
images
झिल्का कवितासङ्ग्रह 'आँगन'को समीक्षा कार्यक्रम सम्पन्न

पाल्पा, साउन २९ ।

झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह 'आँगन'को समीक्षा कार्यक्रम सम्पन्न भएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शुक्रवार आयोजित कार्यक्रममा कृतिका सम्पादक, साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त काव्यकृतिको समीक्षा गर्नुभएको थियो। ​समीक्षाका क्रममा समीक्षक अनुभवले 'आँगन' एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनीतिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण दस्तावेज भएको बताउनुभयो। उहाँका अनुसार पुस्तकले देशमा विद्यमान सामाजिक तथा राजनीतिक विकृति दर्साउनुका साथै सुधारका लागि आह्वानसमेत गरेको छ। ​कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले पाण्डे बहुमुखी प्रतिभाका धनी स्रष्टा भएको उल्लेख गर्दै उहाँका सिर्जनाहरू गहन र मर्मस्पर्शी हुने बताउनुभयो। पाण्डेका अन्य कृतिहरूमा जस्तै यसमा पनि वर्गसङ्घर्ष, विद्रोह र सामाजिक-राजनीतिक चेतनाका विषयहरू समेटिएको उहाँको भनाइ थियो। ​एउटा हिन्दी भाषाको सहित तीनवटा लघुकथासङ्ग्रह, दुईवटा गजलसङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशित गरिसक्नुभएका पाण्डेका थुप्रै संयुक्त सङ्ग्रहहरू पनि प्रकाशित छन्। 'आँगन' उहाँको छैटौँ एकल कृति हो। ​कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रष्टा सुरेशकुमार पाण्डेले आफ्नो कृतिबारे प्रकाश पार्नुभएको थियो। स्रष्टाका परिवारका तर्फबाट साहित्यकार हरिप्रसाद पाण्डेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। ​कार्यक्रममा पदमप्रसाद शर्मा, डा. टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरू तथा स्रष्टाका पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो। ​राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

 

images
प्रकाशित मिति :श्रावण ३०, २०८३ शनिवार - ०७:४८:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend