Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बाल्टिमोरमा यहि १६ तारिख नेपाली चलचित्र तुँवालो लाग्ने

बाल्टिमोरमा यहि १६ तारिख नेपाली चलचित्र तुँवालो लाग्ने

सतीश चापागाईं

२१, भाद्र २०७५
images
बाल्टिमोर, अमेरिका नेपाली चलचित्र तुँवालोको प्रिमियर शो बाल्टिमोरमा हुने भएको छ । चलचित्रका निर्माता एवं कलाकार समेत रहेका गिरीप्रसाद सुनारले यो जानकारी दिनुभएको हो ।     यहि सेप्टेम्बर १६ तारिख आइतवार साँझ ७ बजे बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा तुँवालोको पहिलो प्रिमियर शो गरिनेछ । यो चलचित्र अहिलेसम्म कहीं पनि सार्वजनिक गरिएको छैन । अमेरिकामा पहिलो पटक गर्न लागिएको हो । अगष्ट १९ गते प्रदर्शन हुदै गर्दा प्राबिधिक समस्या आएकोले प्रदर्शन रोकिएको थियो ।     सो दिन आएर फिल्म हेर्न नपाउनु भएका सबैलाई चलचित्र निशुल्क देखाउने निर्णय भएको नासोका अध्यक्ष गोपाल विश्वकर्माले नेप्लिज डायस्पोरालाई बताउनु भयो ।     गिरीप्रसाद सुनारको संवाद एवं गौतम सिंह र सुनारको संयुक्त पटकथा रहेको तुवाँलोको छायांकन र निर्देशन दीपक परियार र शेरबहादुर बरालले गरेका छन् ।     रमेश आब्जुको कथा, लुम्बिनी मेकरको प्रस्तुति र जीएस मुभी मेकर्सको निर्माण रहेको तुँवालो विशुद्ध विभेदभित्रको विभेदको विषय समेटिएको चलचित्र भएको निर्माता सुनारको भनाई छ । ‘हामी सामाजिक विकृति र विभेदका विरुद्ध चलचित्र मार्फत सन्देश दिनु चलचित्र निर्माणको उद्देश्य हो,जुन कुरामा हाम्रा कलाकारहरुले मेहनेत गर्नु भएको छ’ सुनारको भनाई छ ।     अमेरिकामा सक्रिय सामाजिक संस्था नासो कम्युनिटी र नेपाल अमेरिका फिल्म सोसाइटी लगायतका संस्थाले यो चलचित्रको प्रिमियर शोको आयोजना गर्न लागेका हुन् । नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले सामाजिक विकृति र विसंगतीका विरुद्ध कार्यरत नासोको उद्देश्य अनुरुपको फिल्मको कथावस्तु भएकोले यो फिल्मको प्रिमियर शोको आयोजना गर्न लागिएको हो बताउनु भयो ।

images
प्रकाशित मिति :भाद्र २१, २०७५ बिहिवार - ०९:३५:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend