Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जापानबाट छोरीले लेखिन गाउँ बस्ने बुबालाई चिट्ठी

जापानबाट छोरीले लेखिन गाउँ बस्ने बुबालाई चिट्ठी

सतीश चापागाईं

२२, भाद्र २०७५
images
पुष्पा अर्याल न्याैपाने अादरणिय निरक्षर बुबा जापानबाट छाेरीको नमस्कार ! यो विदेशी मुलुकमा हजुरको आशिर्बादले अाराम छु साथै भगवानसंग हजुरको अारामताको कामना गर्दछु ।बुवा ! खै कहाँबाट सुरु गरौ यो बिदेशी मुलुककमा रहेको सानो कोठामा लेखेको चिठीलाइ । मलाई माफ गरिदिनु हाेला बुवा सम्बाेधनबाट नै हजुरलाई निरक्षर भनेर नेपाल बुवा अामालाई चित्रण गर्न खाेजेकी छु। बुवा हजुर निरक्षर हुनुमा हजुरकाे दाेष हैन । हामी गरिब नेपाली अनि तेहि समाजमा गुजि्ररहेको हामी सबैको दाेष हाे ।बुवा हजुर संगैका ठूलबुवा अंकल वरिपरि सबै नपढेकाे त हुनुहुँदैन तर खै हजुर जस्तै धेरै बुवाहरुलाई पढ्ने वातावरण मिलेन र संचारकाे दुनियाँमा अक्षरकाे अन्धाे हुनु भाे । निरक्षर भनिरहदा नेपालमा डिग्री गर्नेकाे भन्दा उच्च लाग्छ साेच अनि भावना । खै कहाँको अदिरिश्य विद्वा बारिधी गर्नु भो कि जस्तो लाग्छ ।न कुनै जागिर गर्नु भाे न कहिले विदेश जानू भाे रहर लाग्थ्यो अरुकाे बुवा विदेशबाट अाउदा तर बुवालाई तेहि अदिरिश्य बिध्याबारिधीकाे प्रभाव हाेला विदेश हाेईन अाफ्नै माटाेमा केही गर्नु पर्छ भनेर तेहि गेझा काे ढुङ्गा माटाे खनेर हामी चार छाेराछाेरि साक्षर बनाउनु भयाे । बुवा मलाई थाहा छ हजुरकाे माया ममता संस्कार सबै पाएकी छु र त अाज सफलताको सिखर चढ्न सहज भएको छ । बुवा हजुरकाे सबै संस्कार त सिके तर एउटा पाठ विदेश जानू हुदैन अाफ्नै माटाे काेर्नुपर्छ खन्नु भन्ने सिद्धान्तले छाेएन कि देशकाे परिस्थिति तेस्तै भाे र बिदेशी भए घरि घरि दुख लाग्छ अाज बुवाकाे मुख हेर्ने दिन वरिपरि का छाेरि हरु फलफुल लिएर अाउछन हाेला म भने सात समुन्द्र पारिबाट शब्दहरुकाे काेशेली पठाएकि छु जुन हजुरकाे निरक्षर अाखाले देख्दैन तर मन न दुखाऊनु बुवा म जस्तै छाेरि लाखाै छन याे मुलुकमा जसलाई यहि चिठ्ठी लेख्ने समेत फुर्सद छैन ।धन्य छु बुवा चिठ्ठी त लेखेकी छु भाेली पर्काशित हाेला सबैकाे इन्टरनेट मा छाउला तर मेरो बुवा हजुरसंग छाेरिकाे चिठ्ठी पढ्ने अाखा छैन ।अाखा छ त केवल श्वार्थि दुनियाँ मतलवि अाफन्त काे रमिता हेर्न र सुन्न कान मात्र छ।धिक्कार छ ती अक्षर पढेका अाफन्तहरुलाई जाे अक्षर पढेर निरक्षरहरु संग शब्दकाे जुहारी खेल्छन ।बुवा समुन्द्र पारि नै भए पनि हजुरकाे अदि्रिश्य शिक्षा संस्कार माया ममता भुलेकी छैन सबै संस्कारहरु काम लाग्दाेरहेछ हजुरले जे सिकाउनु हुन्थ्थाे अरुलाई ढाट्नु हुदैन ,छल्नु हुदैन अाफ्नाे पसिनाकाे मात्र कमाई खानुपर्छ अरुकाे खानुहुदैन तेहि गरेकी छु बुवा । सिकाउनु भएको थियो मलाई धैर्य गर्नु पर्छ त्यहि नियम लागू भएको छ यहाँ ।समय अनुसार चल्नु पर्छ भन्नु हुन्थाे अहिले सेकेन्ड सुई अनुसार चल्नु परेको छ बुवा तर पनि खुसि छु किन कि जे परे पनि खुसि हुनुपर्छ भन्नुभएको थियाे हजुरले ।गेझाकाे माटाे खनेर पनि विश्व काे संमरिद्द देश जापान पुर्‍याउनु भयाे छाेरीलाई तेहि समाजकाे विराेधी भएर जुन समाज छाेरीलाइ दाेस्राे दर्जामा राख्छ ।अबका छाेरीलाई दाेस्राे दर्जा न दिलाइयाे मेरो जस्तो महान बुवाहरुकाे जन्म हाेस् । बुवा चिठ्ठी लामाे हुदैछ पढिदिनेलाइ पनि झर्काे लाग्दाे हाे फेरि पनि दुई शब्द नबाेली बिट मार्न सकिन । म काम गर्छु बुवा अपिसमा हैन रेष्टुरेन्टमा जे पनि गर्नु पर्छ भाडा माझ्ने देखि लाख लाख काे हिसाब गर्ने सम्म तर अलिकति पनि हिनताबाेध हुदैन मलाई जे हजुरले सिकाउनु भएको थियो काम ठुलो सानाे हुदैन तेहि चलन रहेछ यहाँ म्यानेजर पनि संगै भाडा माझ्छिन मैले जस्तै ।काम गर्छु राति ११ बजे फर्किन्छु तर काेहि कसैले गिद्दे नजरले हेर्दैन बुवा यहाँ । हरेक दिन हजुरले हेर्ने टिभि मा बलात्कार हत्याको समाचार अाउदा मनमा चिसाे पस्छ हाेला तर त्यसताे हुदैन यहाँ हजुरकाे काखमा भए जस्तै सुरक्षित महसुस गर्छु । म जस्तै हरेक छाेरीले नेपाल अनि नेपाली अागनमा सुरक्षित महसुस गर्ने दिगाे कानुन बनाेस । अागामि दिन म जस्ता लाखाै छाेराछाेरि ल े बिदेशबाट चिठ्ठी लेख्न न पराेस् । सबै छाेराछाेरिले बुवाकाे मुख हरेक दिन हेर्न पाइयोस यहि छ कामना । नेपालकी छाेरी हाल साेका साइतामा जापान ।

images
प्रकाशित मिति :भाद्र २२, २०७५ शुक्रवार - १३:३१:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend