Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

उबर ड्राईभरले ध्यान दिनु पर्ने केहि कुराहरु

उबर ड्राईभरले ध्यान दिनु पर्ने केहि कुराहरु

सतीश चापागाईं

२३, भाद्र २०७५
images
-ढाकाराम खनाल उबर चलाउनु अहिले धेरैको लागि सजिलो ब्यबसाय बनेको छ । राम्रो र सजिलो कमाईको माध्याम पनि हो यो ।अमेरिकामा धेरै नेपालीहरु उबरतिर आकर्षित भएका पनि छन् । ग्राहकहरुको लागी यो अहिले धेरै चल्तीमा पनि छ । नेपालीहरु मात्र होइन अहिले जसले पनि उबर डाउनलोड गरेर यो काम गरिरहेका छन् ।   अन्य पेशा गरिरहेकाहरु त्यो पेश छोडेर यो पेशामा बिस्तारै आकर्षित भएका धेरै उदहारण छन् । साथै, एउटा फुल टाइम जागिर भएकाहरु पार्ट टाईमको रुपमा यो पेशातर्फ आकर्षित भएका पनि प्रशस्त भेट्न सकिन्छन । बिशेषगरी उनीहरुले थप पकेट मनिका लागि भनेर यो काम गर्ने गर्दछन । राम्रो जागिर भएकाहरु पनि रमाइलो र सजिलो भनेर साइड काम भनेर उबर चलाएका भेटिन्छन ।   यो काममा आफु नै आफ्नो बोस हो । उबरका नियम मानेपछि अरु कसैको आदेश मानिरहन पर्दैन । न सुपर भाईजर, न म्यानेजर न बोस ।आफ्नो काम गर्ने समय आफै निर्धारण गर्यो । तयार भयो मोबाईलबाट उबरको पसल खोल्यो । सोफामा पल्टिदा पल्टिदै टिंग घन्टी बज्छ । ल अब ग्राहक आयो । अनि हातमा चाबी लिएर गाडीमा गयो । धेरैजसो घरबाटै शुरु गर्न सकिन्छ यो काम । ग्राहक पाएपछि सकियो । ग्राहक नै भगवान, ग्राहक जिन्दाबाद । सबैले घरबाट कम शुरु नगर्न पनि सक्छन, कोहि कोहिले भने आफुले धेरै ग्राहक पाउने स्थानहरुमा गएर मात्र काम शुरु गर्छन ।   यो यस्तो काम हो जहाँ काम शुरु गर्न पहिलाको काम चटक्कै छोड्न हुदैन । २/४ महिना च्याप अर्को काम नछोड्नु भन्ने मेरो सल्लाह छ । किनकि यो काम त्यति सजिलो पनि छैन । बिशेषगरी गाडी चलाउन मन नपर्नेहरुका लागि यो कम मन नपर्न सक्छ । गाडी चलाउन जान्ने र मन पर्नेलाई भने यो धेरै नै राम्रो र रमाइलो काम हो ।   बुझ्नुपर्ने कुरा के छ भने गाडी चलाउन जाँदैमा पनि हुदैन । धेरै अरु कुराहरु छन् बाँकी नै छन् । यो काममा ग्राहकहरुसंग राम्रो संचार र व्यवहार गर्न अति जरुरी छ । तपाईले यो काम कति धेरै समयसम्म गर्ने भन्ने कुरा तपाईले ग्राहकसंग गर्ने संचार र व्यवहारमा भर पर्छ । किनकि हरेक ग्राहकले तपाईलाई ट्रीप सकिनु बित्तिकै रेटिंग गर्न पाउछ । र, तपाईले पनि उसको रेटिंग गर्न पाउनुहुन्छ । मानौं ग्राहकसंग तपाइले राम्रो संचार र व्यवहार गर्न सक्नु भएन भने उसले कम रेटिंगको दिन्छ । धेरै पटक कम रेटिंग भयो भने उबरले सचेत बनाउछ र अति नै धेरै हुन लाग्यो भने तपाईको एकाउन्ट डिएक्टिभेट हुन्छ । एक पटक कामबाट निकालिनु भनेको कुनै कुनै बेला कहिल्यै काममा फर्कन नपाउनु पनि । त्यसैले अति साबधनिका साथ यो काम गर्नु होला ।   ग्राहकसंग कसरी राम्रो बन्ने त ? यो कुरा महत्वपूर्ण छ । पिक अप गर्न जाँदा सधै ठिक टाईममा पुग्नुहोला । उसको ठेगानामा पुगेपछि ग्राहकलाई उबरले दिएको टाईमसम्म कुर्ने । समय सकिनु बित्तिकै फोन गर्नु । फोन उठेन भने हिड्दा हुन्छ, पैसा आउछ । तर यस्तो केस कहिलेकाही मात्र हुन्छ । प्रायजसो ग्राहक समय मै ठिक्क परेका हुन्छन । उनीहरुसंग मुसुक्क हाँसेर गाडीको ढोका खोलिदिनुस । सामान्य परिचय गर्नुस र चाहिने मात्र केहि कुरा गर्नुस । अनाबश्यक रुपमा उनीहरुका व्यक्तिगत कुरा नसोध्नु । यसले गर्दा उनीहरुको नजरमा तपाई नराम्रो ड्राईभरमा पर्नुहुन्छ । पैसा त आउछ तर रेटिंग घट्छ ।   उबर चलाउनुको अर्को फाईदा यसमा स्टोरहरुमा जस्तो कतिबेला आएर गोली हान्छ भन्ने डर हुदैन । ड्राईभिङ्ग आफैमा जोखिमको काम त् हो तर यसमा स्टोरको जस्ता कतिपय जोखिम हुदैन । ग्राहकहरु पनि धेरैजसो सभ्य भेटिन्छन, ग्राहकसंग खासै डर हुदैन । गाडी राम्रो र सुरक्षितसंग चलाए मात्र पुग्छ । यसले पनि रेटिंगमा फाइदा पुग्छ ।   यो काममा बिभिन्न देशका मान्छेसंग भेट्न पाईन्छ । उनीहरुसंग कुरा गरेर धेरै बिषयमा बुझ्ने अवसर मिल्छ । बिभिन्न देश र त्यहाको रहन सहनका बारेमा बुझ्न पाईन्छ । व्यक्तिगत कुरा गर्नुभन्दा यस्तो कुरा गर्दा आफुलाई पनि ज्ञान बढ्छ उनीहरु पनि खुशी हुन्छन । ग्राहक बोल्न खोजे बोल्नु नत्र सामान्य कुरा बाहेक धेरै कुरा नबोल्नु । पछाडिको ग्राहकलाई अनाबश्यक हेर्ने काम नगर्ने ।   उबरले दिएको म्याप फलो गर्ने । ग्राहकको ठेगानामा पुग्ने बित्तिकै ट्रीप कम्प्लिट गर्ने । यसो गर्दा ग्राहकले राम्रो मान्छन । प्रमोशन आईरहेको हुन्छ । हप्ताभारीमा निश्चित ट्रीप संख्या पुर्याउन सकेमा केहि रकम बोनस दिन्छ । कहिलेकाही झुक्किएर पनि आफ्नो मान्छेलाई बोलाएर ट्रीप पुरा नगर्नु । यसो गर्दा पनि एकाउन्ट बन्द हुन सक्छ । होस् पुर्याउनु होला ।   सकेसम्म बिहान र बेलुका काम गर्दा धेरै कमाई हुन्छ । दिउसोमा आराम गर्दा राम्रो । शरीर महत्वपूर्ण कुरा हो। शरीरलाई लोड पर्नेगरी लोभ गरेर धेरै काम नगर्नु । भोक लाग्ने बित्तिकै नजिकमा रहेका फुड स्टोरमा छिरेर खान खाई हाल्ने । नत्र पछि पछी भन्दाभन्दै टाढाको ग्राहक पर्न सक्छ त्यही बेलामा भोकले सताउन सक्छ । अनि भोलिबाट काम मै जान सकिन्न । आराम, खाना र पानिलाई ध्यान दिनु । पिसाब लाग्ने डरले धेरैले पानि पिउदैनन । आज भोलिलाई त केहि नहोला तर यसले पछि तपाईलाइ किड्नीमा समस्या आउछ । बरु आजको एउटा ट्रीप कम गर्नुस जीवनभरी स्वस्थ रहनुस । दुई चार महिना बढी काम गर्दैमा सबै समस्या समाधान हुने होइन बरु समस्या थपिन सक्छ ।   यो एउटा राम्रो कामलाई आफ्नो जीवनको आर्थिक समृद्धिमा प्रयोग गरौँ । यसलाई अवसरको रुपमा प्रयोग गरौँ भन्न चाहान्छु ।   हाल बाल्टिमोर अमेरिका

images
प्रकाशित मिति :भाद्र २३, २०७५ शनिवार - १९:५४:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend