अरुण चापागाईंजेद्दा, साउदी अरब
अरबमा दुख पाउनेको संख्या कति छ कति । अनि उनीहरुका कथा र व्यथा पनि थरीथरीका । मानौं यो दुख पाउन कै लागि आउने ठाउँ हो । धेरैलाई यस्तै लाग्छ । यहाँ आएर सुख पाउने र कमाउनेहरु औलामा गन्न सकिने संख्या मात्र हुन्छन ।
यस्तै दुख देखियो र सुनियो साउदीको अलखुम्राको एउटा कम्पनीमा ।
सानो कोठामा बाह्र जनाका लागि सुत्ने ब्यबस्था, दुई तले बेडमा कोहि तल अनि कोहि माथी । जब गैर आबासिय नेपाली संघ साउदीको टोलि अलखुम्रास्थित इनिसियल कम्पनीको ४८ नम्बर भिल्लामा पुग्यो त्यहा पुर्ब सूचना अनुरुप नै करिब ७०/८० जनाको नेपाली युबा कामदारको समूहले चारै तिरबाट घेरा हालेर आ-आफ्ना पीडा सुनाउन थाले ।
ति सामान्य पिडा मात्र थिएनन । ति मन पाकेका घाऊहरु थिए । जागिर नै नपाएको, काम गरेर तलब नपाएको, भनेको जस्तो तलब नपाएको, काममा मानसिक तनाब पाएको यस्तै यस्तै ।
गएको ६ महिना अघि नेपालको कोशी मेनपावर गोङ्गबु र इक्विटर मेनपावरबाट आयका १७ नेपाली आफूलाई मेन पावरले झुठो सुचना र आश्वासन दिएर फसाएको दुखेसो पोख्न सुरु गरे ।
" सुपर मार्केट र सुपर फ्याक्ट्री भनेर मासिक १७०० साउदी रियाल सुनाइ आफू लाई यहाँ ल्यायो तर यहाँ ४०० मात्र दिने गरेको छ" , पाचथर का भुपेन्द्र केलुङ्बाङ ले मलिन अनुहार बनाउदै सुनाय ।" श्रीमतीले विभिन्न समूहमा जमानी बसेर ९०००० दिएको तर ६ महिनासम्म पनि सुक्को तिर्न सकेको छैन । ९०००० बुझाउदा १०००० को रिसिभ पेपर दियको छ कस्लाइ कहाँ गुनासो गरु ? मेनपावरले सबै जनाको टिकटको पैसा काट्नु भनेर कम्पनीलाई मेल गरेको छ " मनको भक्कानो सम्हाल्दै बाके कोहलपुरका दुर्गा ओलिले सुनाय ।
खाडी मुलुकमा फ्री भिसा -फ्री टिकट लागू भएको धेरै समय भैसक्यो तर लागू हुन अझै सकेको छैन। दैनिक १० घन्टा काम गरेबापत ४०० रियाल मात्र दियको पिडितहरुको आरोप छ ।४०० ले खानु कि घरमा पठाउनु ? सबैले चिन्ता र चासो पोखिरहेका देखिन्थे ।
पिडितहरु सङ्ग भेट गरे लगत्तै एनआरएन साउदीका उपाध्यक्ष ध्रुब रिजालले महाबाणिज्य दुत समक्ष पीडितका सरोकारमा निबेदन दर्ता गरेका छन ।
फितलो कानुन अनि कानुन कार्वान्वयनमा सरकारी निकायको कमि कमजोरीले नेपाली युबाहरु खाडी मुलुकमा मिठा मिठा सपना बोकि आउने र यहाँ आएर दुख पाउने मात्र भएको छ । यो संख्या बढिरहेको छ, कमि हुन् सकेको छैन ।
यहाका पिडितहरुले सोधेका छन् -सरकार यिनीहरुलाई कहिले कारबाही गर्छौ ?
प्रकाशित मिति :भाद्र २५, २०७५ सोमवार -
११:१०:१२ बजे