Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मष्तिस्कको नग्नदृष्य -जनक कार्की

मष्तिस्कको नग्नदृष्य -जनक कार्की

सतीश चापागाईं

२५, भाद्र २०७५
images

  ताप्केमा तातो तेल भित्र डीप फ्राइ हुदैछ सन्नी लियोनीका टाङ्गहरू कुक्करले सिट्टी बजाइरहेको छ पोर्नसाइटका नग्न युवतीहरूलाई गिज्याउँदै।   भान्छा कोठामा पाकिरहेका परिकारहरूले छोडेर गएको तिव्र काम वासना ।   अत्याधिक काम भोकले अल्जाइमरको रोगी बनाएको हुनुपर्छ। जे जस्तो जसलाई जसरी जुन अवस्थामा भएपनी खानुछ उसलाई खानु मात्र छ।   अब चिन्दैन उसले आफ्नो-बिरानो मान्दैन उसले धर्म-अधर्म जान्दैन उसले सानो-ठूलो ठान्दैन उसले दया-माया।   उ खान्छ - शिशुको नयाँ भोटो - बालिकाको फुलबुट्टे जामा - किशोरीको कुर्ता सलवार - युवतीको लेगिज - बृद्धको गुन्यु चोली   अस्तव्यस्त डाइनिङ्ग टेवलमा टोकी-टोकी खान्छ लुसी-लुसी खान्छ र कुल्ला गर्छ रगतले मुख।   ए! चिकित्सा बिज्ञान तिमी के हेरेर बसेको?? निर्माण गर यस्तो औषधि उसको दिमागमा पाक्न छोडोस् अनैतिक अश्लील परिकारहरू। हाल दुबई

images
प्रकाशित मिति :भाद्र २५, २०७५ सोमवार - ११:१७:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend