Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

यसपाली नि तीजको रहर ओझेल भयो (गजल) -जेराणा

यसपाली नि तीजको रहर ओझेल भयो (गजल) -जेराणा

सतीश चापागाईं

२६, भाद्र २०७५
images
  यसपाली नि तीजको रहर ओझेल भयो मिठो दर र गहनाको रहर ओझेल भयो   रातो साडी किनिदिने वाचा पोहोरकै हो महंगी बढेपछि किन्ने ठहर ओझेल भयो   कमाउन्नन हाम्रा बुढाले श्रीमतीले भनेपछि म भित्रको बाँकी बहर ओझेल भयो   पुलाउ, चिकेन फ्राई र मदिरापान अरे खाजा पकाउन पर्ने कहर ओझेल भयो   ५ तोलाको गहना र सारी उधारो ल्याइन रे अभिमान मरेतुल्य भएसी जहर ओझेल भयो ०९.११.२०१८

images
प्रकाशित मिति :भाद्र २६, २०७५ मंगलवार - १८:२७:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend