Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कंचनपुर घटनाका दोषीलाई कारबाही हुने नै छ -राधाकृष्ण देउजा

कंचनपुर घटनाका दोषीलाई कारबाही हुने नै छ -राधाकृष्ण देउजा

सतीश चापागाईं

२८, भाद्र २०७५
images
“ कन्चनपुरमा वलात्कार पश्चात हत्या गरिएको निर्मलाले न्याय पाउनु पर्छ , वलात्कारी र हत्यारा जोसुकै हुन् उनीहरुलाई कानुनको सिकंजामा ल्याउनु पर्छ” भन्ने दृढ अडानलाइ विषय प्रवेशकै अवस्थामा प्रष्ट पार्न चाहन्छु ! कुनै पनि वहानामा कुनै पनि अपराधीले छुट पाउनु हुदैन , जाहाँसुकै जस्तोसुकै अपराध गर्ने अपराधीहरु पनि कानुनको सिकंजामा आउनै पर्छ ! यद्धपि त्यसो भन्दै गर्दा कुनै पनि व्यक्ती अपराधी ठहर हुनको निम्ती अनुसन्धानले आफ्नो चक्र पुरा गर्नै पर्छ ! हरेक अपराधमा कोहि न कोहि आरोपी हुने गर्छ तर सबै आरोपीहरु नै अपराधी नहुन सक्छन l   अनुसन्धान हुँदै जाँदा नसोचेका अपराधीहरु पनि भेटिन सक्छन भने अपराधका आरोपीहरु निर्दोष ठहर पनि हुन सक्छन l यत्ति हो कि अनुसन्धान सदैव निस्पक्ष र वैज्ञानिक हुनुपर्छ ! अनुसन्धानको निष्कर्ष भावना, लहड वा दवावमा हैन तथ्य प्रमाणमा आधारित हुनुपर्छ र त्यो पारदर्शी हुनुपर्छ l के सधैँ त्यस्तो भएको छ त ? वा हुन् सम्भव छ त ? विल्कुल हुदैन र सम्भव छैन l   अनुसन्धानमा संलग्नहरुको नालायकी , स्वार्थ मिश्रित पूर्वाग्रह अनि भ्रष्ट आचरणले कतिपय बेला अनुसन्धान ठिक ढङ्गले नहुने खतरा हुन्छ , जसले गर्दा पिडितले अन्यायको सिकार हुनुपर्ने वा न्यायमा ढिलाई हुने खतरा रहन्छ ! तर के त्यस्ता नालायक, भ्रष्ट र अपराधीका मतियारहरुले छुट पाइराख्न सक्छन ? त्यो पनि बिल्कुल सक्दैनन l ढिलो चांडो मात्रै हो सत्य वाहिर आइनै हाल्छ l   त्यसो भए कंचनपुर घटना के हो ? अनि निर्मला वलात्कार र हत्याकाण्डका दोषीहरुलाइ के हुन्छ ? भन्ने सवाल जवर्जस्त उठछ र उठनु पर्छ l तर सवाल गर्ने वा मनमा लिएर बसेका तमामले बुझे हुन्छ कि त्यस घटनाका अभियुक्तहरु अनि तिनका सहयोगीहरु उपर कारवाही हुनेछ l केपी ओली जस्तो दृढ अडान भएको जनपक्षिय व्यक्ती प्रधानमन्त्री , सबै खालको नकारात्मकताको अन्त्य गर्छु भन्ने दृढता राख्ने बादल गृहमन्त्री अनि व्यवसायिकतामा अव्वल सर्बेन्द्र खनाल आइजीपी रहेको वर्तमानमा अपराधी बच्ने सवाल नै आउदैन l तर राज्यले गर्ने अनुसन्धान विधिसम्मत नै हुनुपर्छ र भैरहेको छ ! कुनै अपराधमा को अपराधी र उसको कसुर कति हो भन्ने टुङ्गो विधि र प्रक्रियाबाट नै हुन्छ र हुनुपर्छ अनि सरकार त्यही दिशामा अगाडी बढिरहेको छ l अपराधमा संग्लग्न भनिएकाहरुको खोजी गर्ने कामको अलावा अनुसन्धानमा त्रुटी गर्नेहरुको विषयमा समेत अनुसन्धान हुँदै छ ! कतिपयलाइ लागेको छ होला कि प्रहरीकै अधिकारी समेत आशँकाको दायरामा रहेको अवस्थामा कसरि निस्पक्ष अनुसन्धान होला अनि कसरि अपराधी कानुनको दायरामा आउलान भन्ने ! तर यो अल्पज्ञानी सोच अनि जनताको बढदो चेतनास्तरको अवमुल्यन हो l सवैले बुझे हुन्छ कि अहिलेको समय प्रहरीको हाकिम मात्रै हैन गल्ती गरको झैं मात्रै देखिँदा मन्त्रीकै जागिर चट हुने समय हो l त्यसमाथि आइजीपी सर्बेन्द्र खनालले कंचनपुर नै पुगेर भनेका छन “ वलात्कार अनि हत्याजस्तो अपराधमा सहभागी वा सहयोगी भए रहेको देखिएमा वा पाइएमा एसपी होस वा डिआइजी होस उनीहरुलाइ कठघरामा उभ्याइने छ , कसुर अनुसारको सजायँ गरिनेछ l ” त्यो कुनै लहडमा वा बेसुरमा बोलिएको फगत शव्द थिएनन र हैनन त्यो एउटा कमाण्डरको प्रतिवद्धता थियो र हो  |   यद्धपि सिङ्गो प्रहरी संगठन अनि सिङ्गो देशनै कंचनपुर घटनाको अपराधी खोज्न र उनीहरुलाइ कानुनको दायरामा ल्याउन लागेको सत्यलाइ नजरअन्दाज गर्दै , तथ्यलाइ तोडमरोड़ गर्दै प्रथमत नेपाल प्रहरी अनि त्यसको नेतृत्वलाइ असफल देखाउन अनि वर्तमान सरकारलाइ अपराधीको संरक्षकको रुपमा देखाउने काम गरिँदै छ l थाहाछैन यस्तो नकरात्मकताबाट प्रेरित कुप्रचार र भ्रमपूर्ण हल्लाले कसलाई फाइदा भैरहेको छ तर यसले जनताको सुरक्षामा उच्च मनोवल साथ डटनु पर्ने प्रहरीलाइ रक्षात्मक बनाउने मात्रै नभएर देशकै नुर गिराउने काम गरको छ ! अपराधी खोज्ने काममा विलम्ब हुँदैछ भने राज्यलाइ कम्जोर पार्न चाहनेहरुलाइ उत्साहित गरिरहेको छ l   यो तत्काल बन्द हुनुपर्छ ! सत्य, सेवा सुरक्षाको मूल मन्त्र लिएर उज्यालो विगत र दृढता पूर्ण वर्तमान भएको प्रहरी प्रमुख भएको वर्तमानको नेपालमा अपराधी धेरै दिन लुक्न सक्दैन भन्ने विश्वास गर्दै धैर्य गर्नुको विकल्प छैन ।

images
प्रकाशित मिति :भाद्र २८, २०७५ बिहिवार - २१:५०:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend