२९, भाद्र २०७५
केहि दिन अघि नेपालको सर्बोच्च अदालतले बिदेशमा भएका आफ्ना नागरिकहरुलाइ मतदानको नैसर्गित अधिकार दिलाउ र त्यसका लागि चाजोपाजो मिलाउ भनि नेपाल सरकारलाइ आदेश दिएपछि दुइचार वटा कौतुहलता र सबाल मनभित्र खेलेर ल्यायो।
ढुक्क हुनुहोस डुङ्गडुङ्गति गन्याएका राजनैतिक दलका बिदेश स्थित प्रबासि सम्पर्क भगिनि सस्था झै दलका नेता र दललाइ जे जे मन लाग्दछ त्यस्तै त्यस्तै गरि चलाए जस्तो यो मतदानको मर्म र ढाचा चल्दैन यसको मतलब सिधै भाषामा बिदेशका जुन जुन मुलुकमा बसिरहेका छन ति नेपाली जो जो ले त्यहि त्यहि मुलुकको माटो छोएर सपथ खाइ त्यहि मुलुकको नागरिकता बोकिसकेका बाहेक जो जो नेपाली पासपोर्टमै छन । जो जो नेपाली नागरिकतामै छन, जो जो नेपालकै नागरिकको हैसियत राख्दछन जस्तै अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकका पि आर अर्थात परमानेन्ट रेसिडेन्स लिएका हदसम्मलाइ यो लागु हुने भयो अर्थात सर्बोच्च अदालतले निर्देशन दिए बमोजिम नेपाल सरकारले तारतम्य मिलायो भने जसरि नेपालमा राजनैतिक रडाको मच्चिने गर्दछ त्यसरि नै प्रबासमा पनि त्यो रमिता कुर्न अब धेरै समय कुर्नु पर्ने छैन र ति ति मुलुकको नागरिकता सन्दुसमा लुकाएर नेपालको चुनाबका लागि बिदेशमै मतदान गर्न लाम लागेको देख्न अब धेरै कुर्नु परेन। ढाटेर, छलकपट गरेर वा अर्कैको नाममा मतदान गरि आफ्ना नेता एबम दललाइ बिदेशबाटै भोटिङ्ग गरि बिदेश मै बसि नेपाली प्रब्रितिउको पुनराब्रितिको नखरा कुर्न पनि अब पर्खनु पर्ने छैन।
कुरो यसमै टुङ्गिदैन। अब दलहरु जसजसका शाखा छन प्रबासमा तिनको अबस्था र बर्तमान ढाचा एबम हुदै गरेको गलत नजिरलाइ पनि एकछिन कोट्याउ क्यारे। बिदेशि नागरिक भैसकेको, बिदेशको नागरिकता लिइसकेका नेपालि मुललाइ दलहरुको सदस्यता, सक्रिय सदस्यता, लेबि सदस्यता मात्रै बाडेका छैनन, बिदेशस्थित तिनका शाखाहरुको पदाधिकारि छन र ति दलका महाधिबेशन लगायत पार्टीको कार्यक्रममा प्रतिनिधिको रुपमा स्विकारिएको छ। एउटा गहन प्रश्न जुन जुन देशमा शाखा छ वा शाखा मानिएको छ, ति शाखा त्यहि मुलुकको सघ सस्था नियम र कानुन अन्तर्गत दर्ता भएका छन, तिनले त्यहि मुलुकको कानुन र प्रक्रिया एबम पद्दतिलाइ अनुसरण गर्नु पर्ने हुन्छ। तर, कुरो यहिनेर मिलेन। यि शाखाहरुका कामकाज, प्रक्रिया र यसको गतिबिधि उतै नेपालकै मात्रि दलबाट निर्देशित हुने गरेको छ।
राजनैतिक दल चाहि नेपालको सस्था बिदेशमा दर्ज छ तर चालु चाहि उनकै निर्देशनमा हुने भनेपछि यहि नै नियम र कानुन उलघनन भयो। बिदेशि नागरिक बिदेशकै मुलुकमा दर्ता भएको सस्थाको चुनाब, पदाधिकारिमा लड्न वा भाग लिन नपाउने कुरै भएन तर बिदेशि नागरिक कसरी नेपालको राजनितिक दलको महाधिबेशनमा प्रतिनिधित्व गर्न मिल्यो? कसरी मिल्छ बिदेशमा दर्ता भएको र बिदेशकै कानुनमा चल्नु पर्ने सस्थालाइ नेपालको राजनैतिक दलको कुन नियमले नियमन गर्न मिल्छ त? बिदेशि नागरिक नेपालीले भोटिङ्ग राइट नपाउने तर थहि दलको नेता छनौटमा कसरि मतदान गर्न मिल्यो त? नेपाली दलको शाखा बिदेशमा बिदेशि नागरिकको कसरी नेत्रित्व लिन मिल्यो त? कुरो यहि नै मिलेन पनि। दर्ता गर्दा, कर छुटको कागज लिदा, कर दाखिला गर्दा त्यहि मुलुकको नियममा टेक्नु पर्ने तर कुनै पनि कानुनमा नेपालको राजनैतिक दलको शाखा हो भनि दर्ज र उल्लेख नगरिएको र गर्न नपाउने अबस्थामा मुखमुखै र कुराकै भरमा शाखा मानिएको र गतिबिधि र क्रियाकलापको निरन्तरता दिदै आउनु पनि अर्को भ्वाइलेशन हो।
शाखाको रुपमा नभै सिस्टर अर्गानाइजेशन अर्थात सहयोगि स्टेकहोल्डरको रुपमा मात्रै सहचार्यता गर्नु पर्ने हो। यसबाट बिदेशमा भएका ज्ञान, क्षमता, सफलता, स्रोत, साधन, प्रबिधि एबम दलगत सुधार र प्रगतिका निमित्त आइडीया रेप्लिकेशनका लागि यो सहचार्यता उपयोगि हुनसक्दछ। तर, यो न त नेपालका राजनैतिक दल, न त यिनका नेता र आसेपासेहरुको आबश्यकता नै हो।
बिदेश आउदा चाकरिबाजहरुको घेराउ बनाउने, बकुम्फुसे तर्क र प्रबचन सुनाउने, एयरपोर्टमा रिसिभ गर्ने, फर्कदा एयरपोर्टमै पुर्याइदिने, स्वागत र बिदाइमा खेताला, सरसामना गिफ्ट तयारि गरिदिने, तिनका भाषण र कुहिएका कुरा सुनाउन दुइ चार जना भेला पारिदिने, राम्रा राम्रा स्थल घुमाइदिने र दुइचार सय डलर र रकम खल्तिमा बाटा खर्च हालिदिने, भात, जाड र बार एबम क्लब तिर घुमाइदिने र जोडि मिलाइ दिनेसम्मका गतिबिधिका निमित्त यि भगिनि सस्थाको प्रयोग हुदै आइरहेको छ। प्रबासमा चाहि नेताको चाप्लुसिबाट नजिक भएको दुनियालाइ देखाउने, तस्बिर खिच्ने, अनलाइन र सामाजिक सन्जालहरुमा ति तस्बिर सहित प्रचारमै रमाउने र यसैलाइ आफ्नो गौरबको अनुभुति बाहेक प्रबासका खेतालाहरुको अर्को कुनै उपलब्धि छैन नै आजसम्म। नेपालबाट नेता मगाउने र समाज, समुदाय र आफ्नै समुहमा दम्भ देखाउने साधनको रुपमा प्रयोग भए दलका प्रबासका सस्था र तिनका अभियन्ताहरु। अझै यो त मानव तस्करको माध्यम हुदै आएको छ बर्षौ देखि। नेता र मन्त्रिहरुले भ्रमणमा लगि छोडिदिएका नै अहिले प्रबासमा नेताका चम्चा र दलालको रुपमा कहलिदै आएको अमेरिका, युरोपका कतिपय मुलुक र नजिरलाइ हेर्दा काफि हुन्छ।
बिदेशमै आफ्नै साथिहरु, समुहका साथिहरुको खुट्टा तान्ने, तिनलाइ एक आपसमै सिध्याउने, पाएसम्म मुक्याउने, फाइदा, अबसर र स्वार्थ लुट्ने काममा नेपालका नेताहरु प्रयोग हुदै आइरहेका छन।
जसले राम्रो मुख गर्यो, जसले टिकट, खानपिन गराइ दियो, जसले एयरपोर्ट लिन र लैजान समय दियो, खादा लगाइदियो, बार र घरमा खुवाइदियो र आन्तरिक यातातातको ब्यबस्था गरिदियो र गिफ्ट पनि किनिदियो र रातदिन बिहान बेलुकै फोनमा बस्यो, नेपाल जादा बिहानै नेताका घर घरमा चाकरि र फोटो प्रदर्शन गयो तिनै तिनै नेताका गोजिमा मानिस भएका छन। यति सम्मकि नेपालका नेता प्रबासमा रहेका आफ्ना दलसम्बद्ध सस्था र समुहलाइ बिभाजित गरि स्वार्थ र लाभ लुट्न सक्रिय छन। प्रबासमा भएका दिनदिनैका कार्यक्रममा ब्यस्त हुने, श्रम नगर्ने, श्रीमति र परिवारका कलिला छोराछोरिहरुलाइ स्कुल र कलेज छुटाएर वा पार्ट टायम श्रम गराउने, आफु काम नगर्ने तर मौका पाए सबैखाले करप्टेड बन्नेहरु नै प्रबासमा सक्रिय छन।
प्रबासका अभियन्ताहरुका बुढिहरुले दैनिक १२ घन्टा श्रम नगरिदिए तिनका घरमा ताउलो तात्दैन। तिनैका चुरुफुरि हेर्दा हेरिनसक्नु छ। बार्हमासे नेताको बिदेश भ्रमण र आफै नेपाल भ्रमणमा नेताहरुसङ्ग टासिएका तस्बिरहरुले तिनका सामाजिक सन्जाल भरिपुर्ण हुनेगर्दछ। घरको फ्रिज कहिल्लै भरिन पाउदैन तर नेपाल गए करोडौ र अरबौ लगानिका बर्णन भनेपछि आत्मरति र प्रचारमै प्रबासको अधिकाश सामाजिक गतिबिधि अल्झिएका छ्न। त्यहि अनुहार काङ्रेस नेता आउदा, त्यहि अनुहार कम्युनिस्टका नेता आउदा र त्यहि अनुहार सबैतिर उत्तिकै भ्याएकै छन। नेतालाइ खर्च, कलाकारलाइ खर्च, अभियन्तालाइ खर्च, आक्कलझुक्कल पत्रकारलाइ खर्च, अन्बेशकलाइ खर्च, सामाजिक कामलाइ खर्च, धार्मिक एबम पुराणलाइ खर्च भनेपछि रकम चाहिए पछि अधिकाशको थाल थाप्ने गौचरण हुने गरेको छ प्रबास हिजोआज।
केहि मानिस छन प्रबासमा अहिले, तिनका काम भनेको नेपालको नेताहरुको भ्रष्ट मनि चलाउने, ब्यबसायको नाममा उक्त रकम सदुपयोग गर्ने, ब्याज तिर्न नपर्ने तर नेताहरुका सावा पैसा चाहि गोप्य रुपमा बचाइदिने एउटा सर्कलको जन्म भएको छ। कमाइ कहिलेकाहि समाजसेवामा लगाए जस्तो गर्ने, नेता आउदा बार र मनोरन्जन स्थलमा पुर्याइदिने, तिनका स्थानिय खर्च धानिदिने काममा लित्त छ त्यो सर्कल। जसको सम्बद्दता नेपालि सघ सस्थामा हालिमुहालि छ भन्दा भयो।
अहिले त्यो सर्कल नेपालका भ्रष्ट नेताहरुको करप्टेड मनि सचिति केन्द्र भएको छ र तिनै हुन एन आर एनको दोहोरो नागरिकता र यसको दबाबका लागि खर्च गर्ने बिज्ञापनदाताहरु। यिनैलाई चाहिएको छ दोहोरो नागरिकता र अहिले एन आर एन लगायत महत्वपुर्ण र ठुलो सन्जाल भएका सस्थाहरु कालो मनिलाइ सेतो बनाउने मार्गको रुपमा ति सस्थाहरु दुरुपयोग गरिएका छन र तिनको पहुच एबम पहिचानका लागि यि सस्थाहरु दुरुपयोग हुने गरिएको छ। नेपालका नेताहरुलाइ चाहिएको छ प्रबासमा नेपाइ सस्थाहरु जसको माध्यमबाट नेपालमा गलत मनि भित्रिने र बाहिरिने गरेको छ भन्दा धेरै मानिस आश्चर्यमा पर्लान तर यथार्थता चाहि त्यहि नै हो। कम्मल ओढेर घिउ खाने कारण।
एउटा चलेको प्रबासको सस्थाको सभापति लड्न २ लाख डलरले नपुग्ने भयो । एनआरएनको शाखा मात्रै होइन आइसिसिको सभापती लड्न १० करोडले नपुग्ने भैसक्यो र यो पैसा कहाबाट आउछ र पछि कसरी उठाइन्छ ? यो रहस्य र सनसनि तथ्य लुक्ने गरेको छ गर्भमै।
प्रकाशित मिति :भाद्र २९, २०७५ शुक्रवार -
२२:३६:२७ बजे