Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -बिष्णु भारती

गजल -बिष्णु भारती

सतीश चापागाईं

३, आश्विन २०७५
images
राम्रा मान्छे बिदेसिए खोक्रो भयो देश, गुदि जति खाई सके बोक्रो भयो देश। बिदेसिनु रहर होईन बाध्यता नि होला, रस जति बिदेसीलाई छोक्रो भयो देश । अाप्रबाशी नेपालीले धानिएको अर्थ, जति थपे नभरिने धोक्रो भयो देश । सँधै कानमा तेल हालि निदाई रहने नेता, छिमेकिले हल्लाई दिने कोक्रो भयो देश । फर्क अब नेपालमा अभाव छ तिम्रो टालटुल गरि सिंगारिदेउ थोत्रो भयो देश। ईन्द्रावती २ सिन्धुपाल्चोक हाल, भोजपुर

images
प्रकाशित मिति :आश्विन ३, २०७५ बुधवार - २०:१३:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend