Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

डिसीमा यादव खरेल निर शाहलाई सम्मान गर्ने कार्यक्रमको तयारी पुरा

डिसीमा यादव खरेल निर शाहलाई सम्मान गर्ने कार्यक्रमको तयारी पुरा

सतीश चापागाईं

३, आश्विन २०७५
images
विजय थापा , डिसी , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाले वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाहलाई सम्मान गर्ने कार्यक्रमको तयारी पुरा भएको जानकारी ईनासले दिएको छन् । ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले जिउदा श्रस्टालाई सम्मान गरौ भन्ने मूल नारा बोकेको ईनासले वहाहरु लाई जस्ता वरिष्ठहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गर्व लागेको बताए । उनले अगाडी भने वहाहरुको योगदानको कदर गर्दै डिसी क्षेत्रमा सम्मान गर्ने मौका ईनास ले पाएको बताए । दुवै जना अमेरिकाको भ्रमणमा रहनु भएको अवसरमा चलचित्र जगतका हस्तीहरुलाई सम्मान गर्न लागेको लामाले बताए । तयारी पुरा भएको छ र भोलि बिहिबार साँझ ७ बजे हुने उक्त सम्मान कार्यक्रममा डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय सदस्य तथा संघ/संस्थाका पदाधिकारीहरुलाई उपस्थितिको लागि आब्हान गरेका छन् ।

images
प्रकाशित मिति :आश्विन ३, २०७५ बुधवार - २०:४०:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend