Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विदेशमा हुने आत्महत्या कम गर्न परिवारले पनि पहल गर्नुपर्छ

विदेशमा हुने आत्महत्या कम गर्न परिवारले पनि पहल गर्नुपर्छ

सतीश चापागाईं

३, आश्विन २०७५
images
रञ्जना लम्साल/नवलपरासी यहि भदौ २ गते रोजगारीका लागि युएई पुगेका चुडाबहादुर चितौरे मगर विदेश पुगेको ६ दिनमा झण्डिएको अवस्थामा फेला परे । नुहाउन बाथरुममा पसेका चितौरे नेपालबाट बिदाइ गर्दा लगाइदिएको खादाको पासो लगाएर झुण्डिए ।   राम बाहादुर कार्की पनि वैदेशिक रोजगारीको लागि साउदी पुग्नुभएको थियो । कमाई ठिकै थियो, घर परिवारसाँ राम्ररी कुरा गरेर सुत्छु भनेका कार्कीले आत्महत्या गरे ।   कमाउन विदेश पुगेका होमबहादुर महतोको कमाई राम्रो थियो । आफ्नै कमाइले घर पनि बनाए । परिवारसँग कुरा गरेको भोलि पल्ट उनी पनि झुण्डिएको अवस्थामा भेटिए ।   वैदेशिक रोजगारीमा गएकाहरुले यसरी आत्महत्या गर्ने क्रम बढेको देखिन्छ । रोजगारीको शिलशिलामा कति जनाले आत्महत्या गरे भन्ने एकिन तथ्याङ्क नभएपनि पछिल्लो समयमा रोजगारीका लागि विदेश पुगेर आत्महत्या गर्ने संख्यामा बृद्धि भैरहेको सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।   व्यक्तिले के कारणले आत्महत्या गर्‍यो भन्ने यकिन जानकारी पाउन नसकेपनि आत्महत्याको मुख्य कारण मानसिक तनाव हो । एक्लोपन, विदेश यहाँ सोचे जस्तो नहुनु, भनेको काम र तलब नपाउनु, सोचे भन्दा बढि जोखिमयुक्त काम पर्नु, पारिवारिक कलह, घरेलु हिंसा, यौन दुर्व्यवहार, आफ्नो नजिकको मान्छे गुमाउनु, प्रेममा असफलता, आर्थिक समस्या, बढी महत्वाकांक्षा लगायतका कारणले मानिसलाई जीवनबाट निराशा हुन्छ । आज विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथाममा हामी सबैको सहकार्य भन्ने नाराका साथ यो दिवस मनाइरहँदा आत्महत्या न्युनिकरणका लागि के काम भैरहेको छ भन्ने चासो हामी सबैको हो ।   आत्महत्या सधैं आवेगमा नै गरिन्छ भन्ने होइन । पारिवारिक व्यवस्थापन तथा सम्बन्धमा विचलन आएमा, सामाजिक क्रियाकलापहरुबाट टाढा हुनु परेमा, भेदभाव, हिंसा तथा वदनियतपूर्ण सामाजिक जीवनयापन गर्न बाध्य पारिएमा, आफन्तजन वा नजिककै व्यक्तिहरुबाट राम्रो व्यवहार नभएमा आत्महत्याको जोखिम रहन्छ ।   त्यसकारण पारिवारिक सम्बन्ध वलियो बनाउने र पिर चिन्ता, भोगाई, मनमा लागेका कुन्ठा, चिन्ताका विषय, भावना चाहानाहरु एक अर्कालाई सुनाउने गर्न सके पक्कै पनि आत्महत्या न्युनिकरण गर्न सकिन्छ । त्यसको सुरुवात परिवार बाटनै गर्नुपर्ने देखिन्छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०७५ बुधवार - २०:४६:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend