Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

छक्कापञ्जा-३ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

छक्कापञ्जा-३ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

सतीश चापागाईं

८, आश्विन २०७५
images
काठमाडौँ । छक्का पन्जा १ र २ को अपार सफलतापछि बहुप्रतिक्षित चलचित्र छक्कापन्जा ३ का ट्रेलर आज सार्वजनिक गरेको छ ।   राजधानिमा एक कार्यक्रमको आयोजना गरि निमार्ण युनिटले आज शनिवार बहुप्रतिक्षित चलचित्र छक्कापन्जा ३ को ट्रेलर सार्वजनिक गरेको हो । आमा सरस्वती मुभिजको ब्यानरमा बनेको चलचित्र आज हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।   चलचित्रका यस अगाडिका २ वटा गीतले औषत प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो । अझ भनु चलचित्रको यस अघिका दुईवटा चलचित्रका क्विेल निकै राम्रो प्रतिक्रिया पाएका कारण पनि दर्शकले छक्का पन्जाको तेस्रो सिक्वेलको लागि प्रतिक्षा गरिरहेका थिए ।   चलचित्र छक्का पन्जा ३ मा दिपक रज गिरी, दिपिका प्रसाँइ, प्रियंका कार्की, केदार प्रसाल घिमिरे माग्ने बुढा, जितु नेपाल मुन्द्रे, निर शाह, शिवहरी पौडेल, किरण केसी, बुद्धी तामाङ हैट, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।   नायिका तथा निर्देशक दिपाश्री निरौलाको निर्देशनमा बनेको यस चलचित्रलाई सुमन गिरी भान्जा, शिवहरी पौडेल, किरण केसी, तारा चन्द्र बनगाँई निशानले संयुक्त रुपमा निर्माण गरेका छन् । ३ मिनेट २ सेकेण्डको ट्रेलरमा शिक्षा क्षेत्रमा हुने राजनितिलाई देखाउन खोजेको छ । चलचित्र असोज २४ गते, घटस्थापनाका दिन रिलिज हुनेछ । हेर्नुहोस् टेलेर...   https://youtu.be/8t-MTj3XqPM

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १६:३०:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend