Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रधानमन्त्री समक्ष जायज माग राखौं, कालो झण्डा होइन -संजय थापा

प्रधानमन्त्री समक्ष जायज माग राखौं, कालो झण्डा होइन -संजय थापा

सतीश चापागाईं

१०, आश्विन २०७५
images
  गणतन्त्र नेपालको २०१५ मा संविधान सभा मार्फत निर्माण भएको संविधानले व्यवस्था गरको अवाधिक निर्वाचनको व्यवस्था अनुरुप भएको पछिल्लो निर्वाचानबाट अत्याधिक वहुमतले निर्वाचित प्रधानमन्त्री सम्माननिय केपी शर्मा ओली अहिले संयुक्त राष्ट्र संघको ७३औ महासभामा नेपालको नेतृत्व गर्दै सहभागि हुनुभएको छ । यही शिलशिलामा हाम्रो नेपाली अमेरिकन समाजमा ३ खालका विचारहरु विच विवाद भैरहेको र सवै आ-आफ्ना धारणामा अडिक भएको देखिन्छ ।   पहिलो विचार,  हामी बसेको यो प्रवासमा हाम्रो आफ्नो मातृभुमिको सरकार प्रमुख आउनु भएको छ । उहॉलाई सवैको तर्फवाट स्वागत गरौ । उहॉको सम्मानको सवै मिलेर योजना वनाउ । यो एक एकदम सकारात्मक विचार हो |   अर्को विचार, हाम्रो देशको प्रधानमन्त्री आएको वेलामा शालीनता पुर्वक ज्ञापन पत्र वुझाउने र आफ्ना समस्या र समाधानको वारेमा केही समय कुरा गर्ने र सकारात्मक परिणाम आओस भन्ने कामना गर्ने । यो पनि ठिकै हो l यसमा प्रवासमा वसेर आफ्नो क्रान्तिकारता देखाईरहने तिखारीरहने मनसाय छ ।   तेस्रो विचार भनेको प्रधानमन्त्रीलाई आधिकारीक कार्यक्रममा जाने क्रममा कालो झण्डा देखाउने विरोध गर्ने र अन्तराष्ट्रलाई देखाउने l यो अत्यन्त गलत कुरा हो । प्रवासी नेपाली हुने, विदेशी नागरिकता प्राप्त गर्ने वा त्यसतर्फ उन्मुख रहनेहरुले नेपालको कुनै राजनैतिक दल वा संस्थाको राजनैतिक कार्यक्रमको आधारमा विरोध गर्ने र त्यो दललाई सधाउने अनि अन्तराष्ट्रको अगाडि आफ्नो देशको प्रधानमन्त्रीको विरोध गरेर कालो झण्डा देखाउदा आफ्नो नाक कहॉ रहला ? यो अत्यन्त गलत प्रवृति हो, आकासतिर फर्केर थुक्नु जस्तै हो ।   एकातिर गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्णय वमोजिम हामी समस्या समाधानको लागि लविङ गर्न नेपाल पठाउछौ र लविङ टोलीले हाम्रो माग पुरा गराउन सवैलाई सकारात्मक वनाएर आएको महिना दिन पनि पुग्न नपाउदैमा तिनै कार्यकारी प्रमुखलाई विरोध र कालो झण्डाले चिडाउने कामको आयोजना पनि गर्छौ भने के ति प्रतिनिधिहरु हाम्रो माग प्रति सकारात्मक रहलान त ? सोचनीय बिषय बनेको छ ।   नेपालको संविधान २०७२ ले एक पटकको नेपाली सधैको नेपाली भन्ने भावना अनुसार नेपाली नागरिकताले निरन्तरता पाउनु पर्छ भन्ने प्रयासको सफलता स्वरूप विदेशका नागरिकता लिएकाहरुले पनि नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ l संविधानको धारा १४ ले राजनैतिक अधिकार वाहेक अन्य अधिकार प्रयोग गर्न पाउने गरि गैर आवसिय नेपाली नागरिक वन्न पाउने भएका छन । सो अनुसारको अधिकार प्रयोग गर्न पाउने गरि विधेयक पनि पारित हुने क्रममा छ ।   चुनावमा भोट खसाल्न नपाउने र कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने नै राजनैतिक अधिकार नपाउनु हो भन्ने मान्यता छ । यसो हो भने प्रवासमा विदेशी नागरिकता लिएका व्यक्तिहरु नेपालका पार्टीको सदस्य हुन सक्छन ? सवै प्रमुख पार्टीहरुले पार्टी सदस्य हुन नेपालको नागरिक हुनु पर्छ भन्ने विधानमा किटानी व्यवस्था गरेको छ । आन्दोलन, विद्रोह, युद्धमा सहयोग गर्दा वैधानिकताको प्रश्न हुदैन तर अहिले पार्टीहरु आफैले वनाएको संविधानको कार्यान्वयनको लागिको जिम्मेवारीमा भएकोले सवै कानुन मान्नु अनिवार्य छ । संविधानले राजनैतिक अधिकार प्रदान नगरेको हुनाले गैर आवसिय नेपालीलाई पार्टी सदस्यता दियो भने यदी निर्वाचन आयोग र सर्वोच्च अदालतमा कसैले उजुरी दियो भने के हुन्छ भन्ने तर्क गरेको पनि देखिन्छ | त्यसो हो भने विदेशको नागरिकता लिनेहरु नेपालको पार्टीको सदस्य हुन सक्छन त ?   पार्टी सदस्य भए पछी महाधिवेशनमा प्रतिनिधि हुने, केन्द्रिय कार्य समितिमा चुन्ने र चुनिने अधिकार राख्दछ राजनैतिक अधिकार वाहेकको अन्य अधिकार प्राप्त गरेको गैर आवसिय नागरिकले यो प्राप्त गर्न सक्छ त ? सक्दैनन ! अनि पार्टीको निर्देशनमा तिनै व्यक्ति सम्मिलित संस्थाको नाममा यहॉ राजनैतिक पार्टीको कार्यक्रमलाई सधाउन कार्यक्रम के को लागि ! अव त हामीले यहॉ सामाजिक काम गर्ने हो भने गैर आवसिय नेपाली संध मार्फत र राजनिति गर्ने हो भने अमेरिकी मुलधारको राजनितिमा समावेस भई आफ्नो समुदायको हक हितमा लाग्नु आवस्य छ ।   हाम्रो काम भनेको नेपालवाट आएकाहरु सवै हाम्रो अतिथिहरु हुन भन्ने देख्नु अनि आफ्ना यहॉ रहेका नागरिकहरुको नागरिकताका समस्या, सहजरुपमा देश जान आउन पाउने व्यवस्था, नेपालमा रहेका आफ्ना सम्पति कसरी सुरक्षित हुन सक्छ भन्ने कुरा र गर्न सक्दा नेपालमा लगानिको सुरक्षा गर्ने र त्यसवाट मुनाफा कमाउन सक्ने वारेमा सालिनता पुर्वक कुरा गर्ने वातावरणको लागि छलफल गर्नु वान्छनिय देखिन्छ । कुनै जात धर्म र विचारको विषयमा नेपाल कसैले कुरै उठाएका छैनन जस्तो गरि यही मौकामा उग्र विरोध गरि हाल्न पर्छ भन्ने हिसावले केही गर्न जरुरी छैन l त्यहॉ पनि संस्थाहरु छन, आफ्नो कार्यक्रम गरिरहेका छन । यहॉ आउनेलाई पनि थाहा छ, त्यो विषय l अनि यहॉ उग्र विरोध गरेर नेपालवाट आउनु भएका प्रधानमन्त्रीले तपाईहरुले विरोध गर्नु भयो अव विषय सवै पास भयो भनेर लाहॉ छाप लगाईदिने पनि होईन ।   तसर्थ, आउनुस देशबाट आउनु भएकाहरुको स्वागत गरौ, सम्मान गरौ ! आवश्यक माग सालिनता पुर्वक राखौं, माग पुरा होस भन्ने अनुरोध गरौ ! विरोध र कालो झण्डाको कार्यक्रम आजै स्थगित गरौ ।   (लेखक थापा प्रवासी नेपाली मंच अमेरिकाका पुर्ब अध्यक्ष र एनआरएन अमेरिकाका वर्तमान कार्य समिति सदस्य हुन् । -सम्पादक )    

images
प्रकाशित मिति :आश्विन १०, २०७५ बुधवार - १९:१९:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend