Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आमासँग बोल्दाबोल्दै युएईमा पर्वतका एक युवाको मृत्यु

आमासँग बोल्दाबोल्दै युएईमा पर्वतका एक युवाको मृत्यु

सतीश चापागाईं

१२, आश्विन २०७५
images
  सन्तोष थापा पर्बत | मा आफैंले चलाएको गाडी दुर्घटना हुँदा पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामप्रसाद रिजालको ज्यान गएको छ ।   तीजको दिन आमालाई फोन गर्दै गाडी चलाउँदा दुर्घटनामा परेर रिजालको ज्यान गएको हो । बोल्दा बोल्दै फोन काटिएको थियो । त्यही बेला नै यामप्रसादले चलाएको गाडी दुर्घटना भएको थियो तर परिवारले भने दुर्घटनामा भएको पछि मात्रै थाहा पायो ।   ८ वर्ष अघि युएई जानुभएका यामप्रसाद व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा सुरुमा होडिङबोर्ड बनाउने काम गर्नुहुन्थ्यो । केही समयअघि मात्रै उहाँले गाडी चलाउन थाल्नुभएको थियो । कम्पनीका अनुसार उहाँले चलाएको गाडीलाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।   यामप्रसादको ज्यान गएको खबरपछि श्रीमती कोपिला रिजाल र आमा बुवा अचेत अवस्थामा छन् । उहाँको २० महिनाका छोरा पनि छन् ।   परिवारका ४ दाजुभाइमध्येका माइलो यामप्रसादले दाइ र भाइलाई समेत युएई लानुभएको थियो । यामप्रसादकै पहलमा युएई पुगेका दाजुभाइले नै गएको शुक्रबार उहाँको शव लिएर घर फर्किएका छन् । उज्यालोबाट |

images
प्रकाशित मिति :आश्विन १२, २०७५ शुक्रवार - १९:४४:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend