Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

यस्तो छ अमेरिकामा एक नेपालीको सालाखाला आम्दानी -सानुबाबु सिलवाल

यस्तो छ अमेरिकामा एक नेपालीको सालाखाला आम्दानी -सानुबाबु सिलवाल

सतीश चापागाईं

१४, आश्विन २०७५
images
    अमेरिकामा एकजना स्वस्थ र वर्किङ्ग क्लासको नेपालीको सरदर मासिक कमाइ ग्रामिण तथा सस्तो राज्यहरुमा बस्नेको १७०० डलर रहेछ। शहरि क्षेत्रमा बस्नेको चाहि आम्दानि ग्रामिण भेगमा बस्नेको भन्दा बढि तर खर्च पनि उत्तिनै बढि हुने हुन्छ।   शहरि भेगमा बस्नेको चाहि लगातार हप्ताको ६ वा ७ दिनै काम गर्दा, ४० घन्टा भन्दा बढि काम गर्दा चाहि २५०० डलर देखि २७०० डलर सम्म देखियो सरदर मासिक कमाइ। कति बचाउछन त एकजना नेपालीले एक महिनामा र पुरा बर्षदिनमा? टेलिफोन, बत्ति, पानि, बिमा, ग्रोसरि, घर तथा एपार्टमेन्ट भाडा, गाडि मर्मत, सार्बजनिक यातायात भाडा, लताकपडा,भाइसाथि भेटघाट, भोजभतेर, बिदा मनाउने, सामाजिक सहयोग, आफन्त, परिवारका लागि सहयोग आदि इत्यादि नै रहेछन अमेरिकामा खर्च हुने ठाउहरु।   कतिपय खर्च, कर, यातायात तथा अन्य सरकारि कामकाजमा कागज हुनेहरुको खर्च हुने हुदा आखा चिम्लेर काम गर्ने कानुनि कागज नहुनेहरुको आम्दानि अलि बढि देखिन्छ। परिवारमा काम गर्ने सख्या, सयुक्त कमाइ, एक्लो कमाइ, श्रीमान श्रीमतिको सयुक्त कमाइ र परिवारका अन्य परिवार सदस्यको सामुहिक कमाइ र सयुक्त बसाइ छ भने चाहि खर्च बाडफाड, किफाइति तथा बिल भुक्तानिमा सहज हुने हुदा आम्दानि र बचतमा एक्लो वा दुइको कमाइ र बचतमा ठुलो फरक र अन्तर हुने हुन्छ।   सयुक्त परिवारको खर्च पछिको बचत भनेको प्रति ब्यक्ति १००० डलर देखि १२०० सय डलर हुने रहेछ सरदर। मुस्किलले बर्षमा बचत भनेको बढिमा १० हजार देखि १२००० डलर बचत हुने रहेछ यदि बचतको सिदान्त प्ररिपादन गर्दा। नत्रभने सरदर एकजना नेपालिको बार्षिक बचत भनेको ५००० डरल देखि ७००० डलर सम्म रहेछ। त्यसमा पनि बर्षमा कम्तिमा एकपल्ट नेपाल गैहालेमा वा अन्य टाढाको मुलुक भ्रमण गरेमा त्यसपछि मुस्किलले ४ देखि ५ हजार डलर बार्षिक बचत हुन गार्हो रहेछ।   बढि परिवार र बच्चा हुनेहरुको सरकारि सुबिधा र कर दाखिला फिर्तिको सरदर २ देखि ६ हजारसम्म हुदा केहि राहत हुने हुन्छ। हुन त अतिआबस्यक खर्च बाहेक बचत भनेको अङक गणित रहेछ। मेरो यति बचत भयो भन्ने अङक गणितिय गन्तिमामा नै नेपालिका बर्षौ बितिसके अमेरिकामा। मुस्किलले यो न्युन बचतमा के हामिले आर्थिक सम्ब्रिदिको अनुभुति गर्न सक्छौ त?     अरुको काम गरि प्राप्त हुने पे चेकले हाम्रा अनगिन्ति चाहना, बच्चा परिवारका चाहना र उनिहरुको राम्रो शिक्षा दिक्षा पुरा हुन्छ त? पक्कै पनि आम्दानि अनुसारको खर्च, आम्दानि ३ डलर गरेर ५ डलरको खर्च गर्ने र सपना बुन्न सकिदैन पनि।ग्रोसरि गर्दा सयुक्त र कुपन, सहुलियत हेर्ने, बिल भुक्तानि र बिलको निरन्तर निगरानि राख्ने, अनाबस्यक र फजुल खर्चमा कटौति गर्ने, अनुत्पादक ठाउमा खर्च नगर्ने, भोज भतेर र अनाबस्यक रमिते नहुने र किफायति जिबनशैलि अपनाउदा बर्षमा नपत्याउने गरि झन्डै ४ देखि ५ हजार डलरको बचत हुने रहेछ।     अमेरिकामा भबिस्य अझै कठिन र खर्चालु हुनेमा दुइमत छैन त्यसैले आफनो साहु आफै बनि आर्थिक स्वतन्त्रताको अनुभुति लिने र भबिस्यको थप आर्थिक चापबाट बच्न साना ब्यबसाय शुरु गरि सम्ब्रिदिको चाहना पुरा गरौ। नर्थ क्यारोलाईना

images
प्रकाशित मिति :आश्विन १४, २०७५ आइतवार - १९:१९:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend