Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

त्यसो हो भने जापानमा दिनहुँ सयौं महिला बलात्कृत हुनुपर्ने

त्यसो हो भने जापानमा दिनहुँ सयौं महिला बलात्कृत हुनुपर्ने

सतीश चापागाईं

१५, आश्विन २०७५
images
  पुष्पा अर्याल न्यौपाने   अहिले नेपालमा दिनहुँ जसो बलात्कारका घटना सुन्नमा आईरहेको छ । घटनाहरु यसरी सार्बजनिक भईरहेका छ्न कि मानौं यी सबै काम योजनाबद्ध भईरहेका छन् । त्यो मात्र होइन अझै हृदयविदारक कुरा त के छ भने यी घटनामा अबोध बालिकाहरु शिखर भईरहेका छन । प्रमुख घटना मानिएको निर्मल पन्त प्रकरणमा त नागरिकको जिउधनको जिम्मा पाएको पुलिसका उच्च अधिकारी नै मुछिएका छन् । अनि उदेक लाग्दो कुरा यी तमाम घटनाहरुमा सरकार मुकदर्शक भएर बसेको छ ।     यो त घटनापछिको कुरा भयो । हामी युवतीहरु घटना नहुदै पनि पिडित छौं । किनकि हामीलाई भनिन्छ यो सबै समस्याको कारण हाम्रो पहिरन हो । छोटो लुगा लगाएर हिंडदा यो सबै भएको हो । यस्तो सुन्दा मलाई नाँच्न न जान्ने आँगन टेढाे भन्ने नेपाली उखान याद आउछ । यसको अर्थ सबैलाई थाहा छ भन्ने मलाई विश्वास छ । म यो लेख लेखिरहदा जापानको एउटा ब्यस्त नजिकै छु । यदी छोटो कपडा लगाएर युवती महिला बलात्कृत भएको हो भने जापानमा दिनमा नै हजारौं महिला बलात्कृत हुन्थे हाेला ।     यहाँ मानिसलाई स्वतन्त्रता छ । जापान लगाउन, खान अनि हिडडुल गर्न स्वतन्त्र देश हो जस्तो लाग्छ । त्यो पनि व्यवहार मै । हाम्रो जस्तो संबिधानको किताबमा मात्र होइन ।     जापान आएदेखि नै मलाई नेपाल र जापानको तुलना गर्न मन पर्छ जतिबेला पनि । संसारका अरु धेरै देशमा पनि मानिसहरु यस्तै स्वतन्त्रता उपयोग गरिरहेका छन भन्ने पढेकी छु । तर, यहाँको त प्रत्यक्ष देखेकी छु । अनि मन लोभिन्छ र 'हाम्रो देश पनि यस्तै भईदिए !' भन्ने भावना पटक पटक आईरहन्छ ।     भगवानकाे पालादेखि नै केही अचम्मका संस्कार र संस्कृति भएको देश हाे नेपाल भनेर गर्व गर्छौं । अरु देश जस्तो स्वतन्त्र र छाडापन छैन भन्छाै । तर, नेपालमा दिनहु घटिरहने घटनाले त याे देखाउछ कि विश्वमा नै छाडा र कानुन नभएको देश नेपाल हो । काठमाडौँको व्यस्त बजार ठमेल बजार भन्दा पनि बेसि भिडभाड हुनेरहेछ यहाँको रेल भित्रकाे अवस्था । रातकाे समयमा पनि त्यस्तै हो । म पनि तेहि भिडभाडमा यात्रा गरिरहेकी हुन्छु तर कहिले त्यो भिडमा मौकाको फाइदा उठाउने पुरुष कोहि हुदैन ।     नेपालमा हरेक दिन कुर्ता सुरुवालले तल देखि माथिसम्म शरीर छाेपेर हिडिरहेका युवती दिन दहाडै बलात्कृत हुन्छे ।अझ दुखकाे कुरा राम्रोसंग अाफ्नाे स्तनकाे अाकार पनि नखुलेकि अबाेध बालिका याैन पिपासुकाे पन्जामा पर्छे र याैवनकाे अर्थ नै नबुझेकी बिचरी लुटिन्छे । कैयाै बालिका त अर्थ नै नबुझेको याैवनकाे कारण मृत्युवरण गर्न बाध्य हुन्छे र तेहि अवस्था छ हाम्रो नेपालमा । के यहि हाे हामी नेपालीको पुस्ताै पुस्ता देखि चलिआएको संस्कृति ?     हाे अति नै छाडापन आउनु र नियम कानुनलाई पालना नगर्नु आफैमा नराम्रो कुरा हाे तर नेपालमा बलात्कार बढ्नुकाे कारण अहिले भित्रीएकाे पश्चिमेली संस्कृति अनि छाेटा कपडालाई दाेष लगाउनु याे सरासर समाजको लाचारपन हाे । अहिले काे नेपालमा छाेराबाट अामा बलात्कृत भएकि छ ।जिन्दगी काे अन्तिम दिनहरु गनिरहेकी हजुरअामा याैवनले माति्एका नातिहरुबाट बलात्कृत भएकी छन।अपांग असाहाय केही भन्दैनन कलियुगका राक्षसहरुले ।देशका रक्षकहरु नै भक्षक भै सके नेपालमा कस्तो कानुन चल्दैछ ? कसका लागि छ कानुन ?     हाम्रो नेपालमा नियम कानुनलाई कडा बनाउन नसक्ने अनि परिस्थितिलाई दाेष लगाएर अपराधीहरुलाई अझ मनाेबल बढाइरहेको जस्तो लाग्छ । हरेक दिन समाचारमा बलात्कार हत्या हिंसाकाे घटना नआएको दिन सायदै कम नै छ आख़िर किन ? (छाेरी जन्माउन डर लाग्छ अब कसका लागि जन्माउने ? कहाँ गए त्यो मान्छेहरु जसले भन्थे छाेटाे लुगाले उक्साउछ पुरुषलाई जवाफ देउ कुर्ता सुरुवाल लगाउने युवतीलाई, जवाफ देउ चाेलेा भाेटाे लगाउने नानीलाई । कसरी उक्साए तिमीहरूलाई ? नेपालकाे कानुनमा छाेरी पढाउ छाेरी बचाउ भन्ने कुरा हुन्छ । म त भन्छु पढाउने आवश्यकता त छाेरालाई छ, छाेरा पढाउ !     रामपुर १० पाल्पा हाल जापान    

images
प्रकाशित मिति :आश्विन १५, २०७५ सोमवार - ०८:५५:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend