Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

ऋषि धमला पत्नीको चलचित्र ‘अनुराग’ का बारेमा

ऋषि धमला पत्नीको चलचित्र ‘अनुराग’ का बारेमा

सतीश चापागाईं

१६, आश्विन २०७५
images
यो हप्ता फ्राइडे रिलिजअन्तर्गत तिनचलचित्रहरु फ्लोरमा आए । शुक्रबार रिलिजभएका ३ चलचित्रहरुहुन् कथा काठमाडौं अनुराग र छिरिङ । तीन चलचित्रमध्ये विशेष रुपले हेरिएको चलचित्र हो अनुराग । पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुरागले प्रदर्शन अघि राम्रै चर्चा पाएको थियो । कसैले ऋषि धमलाको नाम सग जोडेर चर्चा गरे त कसैले उनि श्रिमती एलिजा गौतमको । जे यस्ता चर्चाले पनि चलचित्र चलाउनका निम्ति केहि हद सम्म सहजभएको छ निर्माता ऋषि धमलालाई । हुन त ‘अनुराग’को आधिकारिक ट्रेलर सार्वजनिकभए सगै चलचित्र चर्चामा आएको थियो। यति बेलाचलचित्र फ्लोरमा छ । चलचित्रमा अधिकांश नयाँ अनुहार छन् भने केहि पुराना कलाकारहरुको अभिनय छ । गीत संगीत प्रतिमोह राख्ने व्यक्तिहरुलाई चलचित्र विशेष लाग्न सक्छ । चलचित्रको कथा वस्तुले पनि गीत संगीतमा रुची राख्ने व्यक्तिहरुकै कथा बोलेको छ । चलचित्रमा जति राम्रा पक्ष छन् त्यति नै सुधार गर्न आवश्यक कुराहरु पनि प्रसस्तै छन् । चलचित्रको सुरु चलचित्रका डेब्यू नायक समुन्द्र पण्डित जसको चलचित्रमा नाम राग हुन्छ । चलचित्रको सुरुवात पनि उनी बाटै हुन्छ । आकाशबाट मुसलधारे पानी परिरहेको हुन्छ । मुसलधारे पानीमै राग रुझिरहेका हुन्छन् । साथमा गितार बोकेका छन् । उनलाइ हेर्दा लाग्छ उनी निकै पीडामा छन् । चलचित्रको सुरुवात अत्यन्तै उत्कृष्ट ढंगबाट गरिएको छ । चलचित्रमा बालापनको प्रेमलाई पनि झल्काउने प्रयास गरिएको छ । चलचित्र नाइ नभन्नु ल ५ हेरेको मानिसले यदि चलचित्र अनुराग हेर्यो भने केही खल्लो महसुस गर्न सक्छ । यसको मतलब हामीले नाइ नभन्नु ल ५ सँग अनुराग दाज्न खोजेको हैन तर दुबै चलचित्रमा बालापनको प्रेम झल्काइएको छ । तर अनुरागमा अभिनय गरेका बालबालिकाहरुको अभिनयमा अझै निखारता ल्याउन आवश्यक देखिन्छ । यदि थोरै अभिनय मात्र भएको भए दर्शकले त्यो पचाउन सजिलो हुन्थ्यो तर चलचित्र अनुरागमा अभिनय गरेका तीन बालबालिका अनु, राग र प्रेम पहिलो हाफमा यिनीहरुकै वरिपरी कथा घुमेको छ । अनु एक सम्पन्न परिवारकी छोरी हुन् । तर राग र प्रेम भने अभिभावक विहीन हुन्छन् उनीहरु बाल आश्रममै हुर्किएका छन् । राग ले सुमधुर स्वरमा गाएको गीत सुनेर अनु मोहित हुन्छिन् । र उनिहरुको भेट यस्तै गरि हुन्छ । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेब्यू गरेका छन् । यदि एलिजाले चलचित्र क्षेत्रमा नै आफूलाई अघि बढाउने सोच राखेकी छन् भने समुन्द्र पण्डित को तुलनामाएलिजागौतमले अझै धेरै सिक्नआवस्यक छ । आफुलाईनिखार्न आवश्यक छ । चलचित्रको कथा उत्कृष्ट छ तर त्यही कथाको प्रस्तुतीकरणमा भने प्रशस्तै कमीकमजोरीहरु देखिएका छन् । हुन त निर्देशक सत्यराज चौलागाईँले यसै चलचित्र बाट निर्देशनमा डेब्यू गरेका हुन् तर उनी स–साना कुरामा चुकेका छन् । कतिपय स्थानका संवादहरुमा सुधार गर्नु पर्ने देखिन्छ । चलचित्रमा अभिनय गरेका नयाँकलाकारहरुमा परिपक्ता देखिएको छैन । यस्ता सबै कुराहरुलाई बिर्सेर कथालाई ध्यानदिने हो भने चलचित्रले उत्कृष्ट प्रेमभाव प्रस्तुतगर्ने प्रयास गरेको छ । बाल्यकालमै बसेको माया शरिर जति नै टाढा भए पनि मन कहिले टाढा हुँदैन भन्ने सन्देश दिएको छ । राजाराम पौडेलको कमेडीले चलचित्रलाई मसला थप्ने काम गरेको छ । एउटा रुमालमा मानिसको ज्यान अड्कीएको हुन्छ भन्ने सन्देश चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रकी नायिका अनु अर्थात् एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । चलचित्रको समग्र कथावस्तुलाई हेर्दा समुन्द्र पण्डित चलचित्र अनुरागमागायकको भुमिकामा प्रस्तुत भएका छन् । चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुची रुाख्ने गर्छिन् । समुन्द्रलाई गायक बनाउनमा एलिजाको भुमिका महत्वपूर्ण हुन्छ । तर दुवैजना एक अर्कालाई चाहान्छन् तर कथाले यस्तो मोड लिन्छ एलिजा अर्थात अनु उनी रागकहाँ संगीत सिक्ने बहानामा पुग्छिन् । तर उनले आफ्नो परिचयदिन सक्दिनन् र उनलाई रागले पनि चिन्न सक्दैनन् । के अब उनीहरुको मिलन होला त ? एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ । चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुङको शब्द रहेका छन् । चलचित्रमा एलिश कार्कीको ब्याक ग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र प्रविण सिंहको कोरियोगाफी, शानथापा र विजय बस्यालको पब्लसिटी डिजाईन किरण दाहालको कथा रहेको छ । सत्यराज चौलागाईँको निर्देशन रहेको यस चलचित्रलाई गीता भटुवालले निर्माण गरेकी हुन् ।    

images
प्रकाशित मिति :आश्विन १६, २०७५ मंगलवार - २०:५२:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend