Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

'सालको पातको टपरी' ले धेरैको मन छोएको शब्द संकलक नवराज पन्तको भनाई

'सालको पातको टपरी' ले धेरैको मन छोएको शब्द संकलक नवराज पन्तको भनाई

सतीश चापागाईं

२३, आश्विन २०७५
images
‘सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको’   अहिले नेपाली लोक दोहोरीमा चलेको यो गीत गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको हो ।   केहि साता अघि सार्वजनिक गरिएको गीत चर्चित शब्द संकलक नवराज पन्तले लेखेका हुन् । नवराज अहिले अमेरिकामा छन् । उनका अरु धेरै गीत चर्चाको शिखरमा छन् । गीतमा संगीत बसन्त थापाले भरेका छन् । आशिष अविरलले संगीत संयोजन गरेका छन् ।   यो गीतको म्युजिक भिडियो केहि दिन अगाडी सार्बजनिक भईसकेको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोमा अभिनेत्री मरिष्का पोखरेलका साथमा गायक कुलेन्द्र विश्वकर्मा र बसन्त थापाले अभिनय गरेका छन् ।   शिव विकको निर्देशन रहेको भिडियो छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन निशान घिमिरेले गरेका छन् ।   यो गीतले धेरैको मन छोएको छ । शब्द संकलक नवराज पन्तले नेप्लिज डायस्पोरासंग भने ।   सालको पातको टपरीको म्यूजिक भिडियो :   https://youtu.be/GUV6BJ5MGqE  

images
प्रकाशित मिति :आश्विन २३, २०७५ मंगलवार - २१:४४:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend