Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बडादशैमा निर्मलाको सम्झना, न्यायकालागी

बडादशैमा निर्मलाको सम्झना, न्यायकालागी

सतीश चापागाईं

२८, आश्विन २०७५
images
  भोला आचार्य, अमेरिका बडादशैको अवसर हो आजभोली । तिहार पनि नजिकिदैछ । अक्सर चाडपर्वमा दुखका कुरा गरिन्छ । प्रायसवैतिर मनोरन्जनको माहोल वनिरहेको हुन्छ । हर्षोल्लासको यो वातावरणलाई विथोलिदिईन निर्मलाले । एक्कासी उनि चिच्याईन् हामीमाझ । एउटा चित्कार वोकेर यो दशैंमा कविता बनेर । दशैको पुरै माहोल विथोलिदिईन उनले। हामीले मनोरन्जनको लागी गरेका सवै तयारी फितलो वनाईदिईन कार्यक्रमको शुरूमै आएर । हामी एउटा हलभित्र जम्मा भएका थियौं शुभकामनाले भरिएका खुशीहरू आदान-प्रदान गर्न । तर हामी भावव्हिल वन्यौं धेरैवेरसम्म। हामीले चाहेर पनि मनोरन्जन गर्न सकेनौं । किनकी निर्मला कविता बनेर आईदिईन । हामीलाई दुखमा डुवाईदिईन उनले ।   लवक नेपाली समाज र यहॉस्थित टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संस्थाद्वारा दशैंको शुभकामना आदान-प्रदान गर्नको लागी कार्यक्रम राखिएको थियो । हिजो शनिवार आयोजित उक्त कार्यक्रममा बलात्कारपछि हत्यागरिएकी निर्मलाको सम्झनामा कविता बाचन भैरहदा मनोरन्जन पर्खिरहेका दर्शकहरू एक्कासी भावव्हिल भए । कार्यक्रमको शुरूमै विद्यार्थीहरूको संगठनका पूर्वअध्यक्षसमेत रहेका रोशन विमलीले निर्मलाको संझनामा कविता बाचन गरेपछी उपस्थित सवैका आँखा आँसुले भरिए । मनोरन्जनको माहोल विगारेकोमा शुरूमै क्षमायोचना माग्दै कविता सुनाएका रोशनलाई सवैजनाले ताली बजाएर स्यावासी दिए।   देश दुखेको वेलाका चाडपर्वहरू जतिसुकै ठूला किननहुन खुशी हुन गार्हो हुनेरहेछ । निर्मलाको पीडा विदेशमा पनि उत्तिकै छताछुल्ल देखिन्छ । यसअघी अमेरिकाकै विभिन्न ठाउहरूमा उनको संझना गरियो । टेक्सास, न्युयोर्क, क्यालिफोर्निया लगायतका ठाउहरूमा उनको न्यायका लागी दवावमूलक कार्यक्रमहरू गरिसकिएका छन । अमेरिकाकी नेपाली समाजमा सक्रिय महिलाहरूको एक समुहले केहीदिनअघि मात्र टेलिफ़ोन कन्फरेन्स चलायो । एनआरएन संस्थामा आवद्द केन्द्रिय सदस्य बन्दना कोईरालाले संयोजन गरेको उक्त कन्फरेन्स कलमा निर्मलालाई न्याय दिन सरकारलाई दवावस्वरूप सुझाव संकलन गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।   एक तथ्यांकका अनुसार २०१७ देखी यता १४ लय ८० बलात्कारका घटना घटेका छवि । हरेक बर्ष ९ सय ४६ र हरेक महिमा ७८ वटा वलात्कारका घटनाको उजुरी पर्ने गरेको छ । सातबर्षमा ६ हज़ार ६ लय २७ बलात्कारका घटना भए । अधिकांश बलात्कारपछी हत्या गरिएका छन, जसमध्य निर्मला एक हुन ।   गत साउन ११ गते कन्चनपूर भिनपा २८ स्थित उखुबारीमा बलात्कारपछी हत्या गरिएको थियो । अपराध लुकाउने नाममा हत्या गर्ने गरेको पाईन्छ । अपराधमा संलग्न दोषीहरूको खोजीमा सरकार लागेको र अनुसन्धान वताउदै आएको छ । जसमा प्रहरी स्वयं संलग्न भएको प्रारम्भिक चरणका अनुसन्धानहरूले वताउदै आएका छन् । घटनाको अनुसन्धान लम्विदा यसको चर्चा परिचर्चाले सीमा नाघ्दै गएको छ ।     सातसमुन्द्रपारी पनि यो घटना बल्झिरहन्छ । चाडपर्व होस या अरूवेला यो घटनाको प्रवासी नेपालीहरूले निकै चासो राख्ने गरेको पाईन्छ । आफु विदेश रहेपनि जन्मभूमीका हरेक घटनाहरू यहॉबाट निआलिरहेका हुन्छन् । राजनैतिक संगठन विशेषगरि जनसम्पर्क समितिले घुम्न आएका आफ्ना नेताहरूको सम्मानको क्रममा होस या भर्खरै महासभामा भागलिन आएका प्रम केपी ओलीसँग भेटघाट गर्न नपाएको झोकमा यो निर्मलाको न्यायप्रति सडकमै उत्रिन पुग्यो ।   अमेरिकास्थित तरूनदल र विध्यार्थी संगठनले महासभा अगाडी प्रमको बिरोध जनाए जसमा निर्मलाको न्यायको लागी प्ले कार्ड प्रयोग गरिएको थियो । यसो गर्नमा आंसिक राजनीतिक स्वार्थ भएपनि निर्मलाको न्यायको पक्ष पनि जोडिएको छ । प्रम आएकै वेला दोहोरो नागरिकता लगायतका सुविधाको बारेमा औपचारिक भेटघाट गरेपनि एनआरएनले आफ्ना माग भन्दा निर्मलाको न्याय सरकारको प्राथमिकता रहेको महसुस गराएको थियो ।तर तीन महिना पुग्न लाग्दा पनि न्यायको खोजीमा लागीरहेको वताईरहने सरकारलाई खबरदारी गर्न प्रवासमा पनि एउटा ठूलो हिस्सा सक्रिय देखिन्छ ।   निर्मलाको न्यायमा सवैलाई एकजुट हुन आग्रह गर्दै स्वदेश तथा विदेशमा बसिरहनुभएका सवै नेपालीहरूमा बडादशैंको हार्दिक शुभकामना । (भोला आचार्य नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निबर्तमान अध्यक्ष हुनुहुन्छ ।-सम्पादक )

images
प्रकाशित मिति :आश्विन २८, २०७५ आइतवार - १७:२५:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend