Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

भै गो दशै लोकाचार पार्दै नजिक नजिक नआउ मसँग -श्रीकृष्ण रेग्मी

भै गो दशै लोकाचार पार्दै नजिक नजिक नआउ मसँग -श्रीकृष्ण रेग्मी

सतीश चापागाईं

२८, आश्विन २०७५
images
    भै गो दशै लोकाचार पार्दै नजिक नजिक नआउ मसँग   वोल्दा वोल्दै नेपालीले आफ्नै भाई वेच्छन भने टेक्सि चढेर हरे हरे .. टेक्सिमै आफ्ने दाई लुटिन्छन भने कसैलाई देखेर भेटेर नचिनिने मुखले भने ठिक्कै पार्छन नक्कली भिसा वनाएर पैसा लिई फरार हुने ईमान्दारीता कतै छैन सत्य संस्कार डकैतीको यदि दशै तिमी यस्तोको पनि घरघरमा जान्छौ भने झार पलाएको सिडीहरु भत्केको छाना चर्केको यो मेरो धरमा मैलिएका मित्तहरुमा तिम्रा नजर तेता खेर नफाल भैगो दशै साख्खै पार्दै नजिक नजिक नआउ मसँग ....!!   हाम्रो देशमा विभिन्न भेशमा तो मान्छे आउछ सुटुक्क धरमा छद्मभेषी वनेर लुट्छ सवै थोक वचाउन ईज्येत उसको फेरी विचरीको ज्यानै पनि लिन्छ वच्चा पनि नभन्ने छि यस्तोको घरमा पनि तिमी जान्छौ भने दशै... मसँग तेस्तो दुईओटा मन छैनन जसले चपाउने दात लुकाएर देखाउने दात टल्काउन म सक्दिन यस्तो देखि देखी म कसरी तिम्लाई ...आउ भनु म भैगो दशै दशा वनेर नजिक नजिक नआउ मसँग   भस्टचारी आत्मधाती देशद्रोही र अपराधीहरु सँगसँगै तिम्रो साँटकाट निकै धेरै छ अरे दशै म त २ वोटा रोटी र पानी हालेको सागमा नुन पनि कन राखेर दिन रेटी राखेको मान्छे सगँ के नाता गाँसेर आउछौ दशै वरु धेरै घेरै पैसा पनि तेतै मिल्ने धेरै पैसा तेतै मिल्ने भएपछि सुकुटी र छोले मुस्ताङे जुस टन्न धोक्न तेतै पाइने जोनी वाकर ब्ल्युसगै रमाउन नछोड ... वरु तिमी तेतै जाउ प्लिज आकास देखिने छानो छेडिएको मेरा घर भित्र   भैगो दशै लोकाचार पार्दै नजिक नजिक नआउ मसँग.. यदि आउछौ भने दशै .... यी नराम्रोको कुराको वली दिदैं स्वच्छ अनि निर्मल जहॉं अन्धकार र संघर्षबाट पूर्णता लिएको जमरालाई सबै कुरा सुन्ने कानमाथि र ज्ञान अनि नियतीको मापन ललाटमा विजयको टिका होस ! अनि सवैमा मेरो पनि शुभकामना पनि ल..!!  

श्रीकृष्ण रेग्मी

हाल: मेरिल्याण्ड, अमेरिका

images
प्रकाशित मिति :आश्विन २८, २०७५ आइतवार - २१:५२:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend