६, कार्तिक २०७५
बर्षौ देखिको खालि निधार यसपटक चाहि कान्छि छोरीले भरिदिइन। ब्यबसायिक ब्यस्तताले सात समुन्द्र पारि जन्मभुमिमा झन्डै ८० बर्षे पिताको हातबाट टिको लगाउने प्रयास सफल हुन सकेन। दुखि छु तैपनि प्यारि सानि कान्छि छोरिको हातबाट टिको लगाएर निधार खालि चाहि राखिन।
परम्परा चाहि धानियो जसोतसो यसपटक सम्मका लागि । हुन त समयको भेलसङ्गै परम्परा, सस्क्रिति र सस्कारहरु छोटिन थाले अर्थात आफु अनुकुल सहज र मजाक बन्दै छन स्वयम नेपालमै। त्यसमा पनि प्रबास, हाम्रो पिढिसम्मका लागि जेनतेन चल्ला र हाम्रा छोराछोरि र नातिनातिनासम्म पुग्दा परम्परा लगभग टुङ्गिने छनक देखियो प्रबासमा।
श्रम र आर्थिक बोझको थकित ज्यानहरुलाइ दशै अबसरको नाममा नाचगान गरि बलजफति मनाउने जुन अबस्था प्रबासमा देखियो यसबाट परम्पराको निरन्तरतामा खासै महत्वले स्थान पाए जस्तो लागेन। निधार टिका थाप्नेले र टिका लगाइदिनेका आशिर्बाद र कामना सुस्वास्थ्य बाहेक अर्को कुनै प्राथमिकतामा परेन।
अमेरिकामै जन्मिएका बच्चाहरुलाइ अमेरिकि राष्ट्रपति बनेस भन्न समेत भ्याए आशिष दिदा। सिनेटर बनेस, कङ्रेसम्यान बनेस, गभर्नर बनेस, इञिनियर बनेस, डाक्टर बनेस, धन कमाएस भन्ने प्राथमिकतामा परेनन अमेरिकामा।
सायद ठाउ अनुसार आशिर्बाद र कामनामा परिबर्तन होला सायद। बलजफति, करबल र जोरजुलुमको दशै वा चाडपर्ब मनाइले यसको महत्वको रिफ्लेक्सन हुदैन पनि। आधा अमेरिकन, आधा नेपालीपनले चिराचिरा हुदै गएको हाम्रा पहिचान र सस्कारमा देखिदै गएको बेथिति र हल्कापनले हाम्रा चाड पर्वहरु र हाम्रा पर्बहरु धरापमा पर्न लागे प्रबासमा।
हामी चिनिने भनेकै हाम्रो सस्कार र सस्क्रितिले हो भन्ने सन्देशलाइ महशुस गराउन सकेनौ भने हाम्रा सन्ततिहरुले प्रबासमा हाम्रो पहिचाहनलाइ हडसन नदिमा तिलान्जलि दिनेमा दुइमत छैन। यो दुखको कुरा हो।
प्रकाशित मिति :कार्तिक ६, २०७५ मंगलवार -
०७:३१:४२ बजे