Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अस्ट्रेलियाका बिष्णुहरि पौडेलले सार्बजनिक गरे 'हुलाकी' (भिडियो सहित)

अस्ट्रेलियाका बिष्णुहरि पौडेलले सार्बजनिक गरे 'हुलाकी' (भिडियो सहित)

सतीश चापागाईं

१५, कार्तिक २०७५
images
  अस्ट्रेलिया निवासी गायक बिष्णुहरि पौडेलले नया गीत ''हुलाकी'' हालसालै सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ ।   करिश्मा ढकाल र सुमन देवकोटाको मार्मिकअभिनय रहेको गीतको म्युजिक भिडियोमा हुलाकीले आफ्नो देश, आफन्तजन, र बिशेसगरिकन मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुड सम्झेर सधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ बिम्बात्मक रुपमा गीतको माध्यमबाट उजागर गर्न खोजिएको छ ।   खासगरि चाडबाडका बेलामा आफ्नो घर परिवारजनबाट टाढिएको परिवेशलाइ मार्मिक रुपमा प्रस्तुत गर्न खोजिएको यो गीत धेरैभन्दा धेरै नेपालिहरुको बिध्यमान प्रवासीपन संग मेल खाने र सबैको मन मस्तिस्कमा रहने यस गीतका सर्जक भण्डारीले बताए ।   बिगत १६ बर्षदेखि गीत संगीतमा लागि परेका किरणले यसअघि पनि समसामयिक गीतहरु युट्युब मार्फत सार्बजनिक गरिसकेका छन् ।   https://www.youtube.com/watch?v=sFuOeLVofSU

images
प्रकाशित मिति :कार्तिक १५, २०७५ बिहिवार - २०:३३:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend