Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

परालको कुनिउमा हामीले सलाईको काँटी कोरेर आगो लगाई दियौं -शैलेश श्रेष्ठ

परालको कुनिउमा हामीले सलाईको काँटी कोरेर आगो लगाई दियौं -शैलेश श्रेष्ठ

सतीश चापागाईं

१९, कार्तिक २०७५
images
शैलेश श्रेष्ठ अमेरिकाको नेपाली समुदायमा चर्चित नाम हो । उनी यो समुदायका क्रियाकलापमा नजर लगाउने र त्यस उपर आवाज हाल्ने काम गर्दछन । उनी समस्या मात्र बोल्दैनन साथमा समाधान पनि दिन्छन । शैलेश खरो र तिखो पनि लाग्दछन । 'सम्प्रेषण' शैलेशको यहि दर्पण हो । न्युयोर्क बस्ने शैलेशले अघिल्लो हप्ता टेक्सास राज्यको बेडफोर्डमा सम्प्रेषणको सामुदायिक बहस गरेर थप चर्चा कमाए । त्यही बिषयमा रहेर शैलेश श्रेष्ठसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ : सम्प्रेषणको टेक्सास कार्यक्रमको समाचार के हो ? अक्टोबर महिनाको आईतबार टेक्सास राज्यको बेडफोर्डमा आयोजना गरिएको सम्प्रेषणको सामुदायिक बहसको मूल आसय, अभिष्ट अनि अन्तर्य भनेको अमेरिकाकै दोश्रो ठुलो नेपाली आवादी र बस्ति भएको टेक्सासका दर्शक-श्रोता र आम मानिसलाई अहिले रमाई आएको सुबिधा-घेराबाट माथी उठेर अमेरिकी मुलधारको समाज राजनीतिमा प्रवास गर्न गराउन उत्साहित अनि अभिप्रेरित गराउनु नै थियो । उद्देश्य पुरा भयो? उपस्थिति र सहभागिताको दृष्टिकोणबाट स्व-मुल्यांकन गर्ने हो भने हामी हाम्रो उदेश्यमा ९० प्रतिशत सफल भयौं तर लामो अनि टाढाको गन्तब्यमा निस्किएका हामी त्यति मै दंग परेर रमाउन चांहदैनौं किन कि प्रस्तुति र प्रविधिको क्षेत्रमा अझै हामीले धेरै सिक्नु अनि निरन्तर मेहेनत गर्नु छ । टेक्सासमा यस्ता खाले कार्यक्रम नभई रहेको मौकाको हामीले भरपुर फाईदा भने लिन सक्षम भयौं । अथवा सरल भाषामा यसो भनौं परालको कुनिउमा हामीले सलाईको काँटी कोरेर आगो लगाई दियौं । अहिले त्यहाँको नेपाली समुदाय दन्दनी बलेको छ यानेकि अब हामीले मुलधारको समाज र राजनीतिमा आउन कत्ति पनि ढिला गर्नु हुन्न भन्ने चेतना आएको छ । हामीले कुनै नौलो अथवा अरुहरुले गर्नै नसक्ने काम भने गरेको होइनौं तर हामी मौकामा चौका हान्न भएको भने पक्कै हो । अमेरिकी मध्यावधि निर्वाचन हुन ठिक ९ दिन अगाडी हामीले त्यही शिर्षकमा सामुदायिक अन्तरक्रियात्मक बहस सम्पन्न गर्यौं । ३. के सोच्नु भएको थियो के पाउनु भयो? एक जना प्रस्तोताका हैसियतमा मैले टेक्सासमा त्यस्तो शालीन, सौम्य अनि शभ्य दर्शक श्रोता पाउनेछु भनेर कल्पनासम्म पनि गरेको थिईन । सम्प्रेषणको निरन्तरता र बिषयगत गहन प्रस्तुतिका कारण हामी हरेक कार्यक्रममा भींड जम्मा गर्न र आकर्षण पैदा गर्न सँधैनै सक्षम हुनेगरेका छौं तर टेक्सासका दर्शक र शुभ-चिन्तकहरुले हामीलाई चुक्तानै गर्न नसक्ने माया, सद्भाव अनि सम्मान दिनुभएको छ । पछि रेकर्डेड कार्यक्रम र फुटेज हेरें जम्मा ३ घण्टा १६ मिनेट भएको रहेछ त्यत्ति लामो समयसम्म पनि फिस्टेल रेस्टुरेन्टको सभाकक्षमा खचाखच भरिएका प्रतिनिधिमुलक व्यक्तित्व र दर्शकहरु अन्तसम्म चुईक्क नगरी हाम्रो कार्यक्रममा सहभागी भईदिनु भयो र कार्यक्रमभरि मैले सेलफोनको एक रिङ्ग पनि सुनिन । टेक्सासबासीले हामीले गुनासो गर्नु पर्ने सानो ठाउँ पनि दिनु भएन । अमेरिकी मिड टर्म इलेक्सन र टेक्सासका नेपालीको साइनो किन जोड्न खोज्नु भयो? सम्प्रेषणको प्रस्तोताको हैसियतले भन्दा पनि एकजना अधिकारकर्मीको नाताले नेपालीहरुको सबभन्दा बाक्लो बस्ति भएको न्युयोर्कका साथीभाईहरुलाई मैले सुबिधा-घेराबाट माथि उठेर अमेरिकी समाज र राजनीतिमा जानु पर्छ अनि लाग्नु पर्छ है भनेर कराएको दशक बितिसकेको छ तर त्यस तर्फ गुणात्मक काम भएको छैन त्यसैले त्यही मेसोमा अर्को ठुलो आवादी भएको टेक्सासको हालत अनि हबिगत के रहेछ भनेर उनिहरुको औकात र हविगत बुझ्दै कथावाचन शैलीमा प्रस्तुत हुँदै त्यो ठुलो जनसंख्यालाई त्यस तर्फ लाग्न अभिप्रेरित गराउनु सम्प्रेषणको मूल ध्यय थियो । मलाई सबभन्दा खुसी यस अर्थमा लाग्यो कि नेपालको माउ पार्टीको भात्री संगठनहरु खोलेर उताकै "नोस्टाल्जिक पोलिटिक्स" मा रमाएका व्यक्ति व्यक्तित्वहरुमा पनि अब यता रहंदा बस्दा यताकै राजनीति र समाजमा समाहित हुनुपर्छ भन्ने बोधगम्य चेतनाको बिकास भईसकको रहेछ र उनिहरुले आफ्ना रियलाईजेसनहरु सार्वजनिकरुपमै ईमानका साथ बोले । न्युयोर्कको तुलनाका टेक्सासको नेपाली समाज निक्कै जोडिएको र हरेक किसिमले सक्षम पनि रहेछ । सम्प्रेषण अब पुरै अमेरिकन राजनीतिमा केन्द्रित भएको हो? त्यसो होइन हामी यसलाई राजनीति भन्न चाहादैनौं त्यो त "सोसियल इन्ट्रीग्रेसन" पो हो त त्यसो नगरी हामी कहीं पनि पुग्दैनौं । अमेरिका बसेपछि अथवा बसिन्जेल यहाँकै बिषयमा सरोकार गर्नु पर्छ भन्ने चेतना हामी सम्प्रेषण गर्न चाहन्छौं । त्यसैले हामीले संचार मार्फत सामाजिक स-शक्तिकरणको अभियान बिगत छ बर्षदेखि निरन्तर अगाडी बढाईरहेका छौं ।    

images
प्रकाशित मिति :कार्तिक १९, २०७५ सोमवार - ०८:१०:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend