Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई व्यवसाय सुरु गर्न १० लाख दिने प्रकृया सुरु

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई व्यवसाय सुरु गर्न १० लाख दिने प्रकृया सुरु

सतीश चापागाईं

२६, कार्तिक २०७५
images
काठमाडौं – सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएपछि प्रक्रिया सुरु भएको हो । कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ । यस्तै सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । कार्यविधिमा विदेशबाट फर्केका युवाहरुलाई उनीहरुसँग भएको सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितो लिएर सम्वन्धित बैंक तथा वित्तिय संस्थाले वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना अन्तर्गत कर्जा दिनेछन् । श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम वा पेशा वा व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा लिन सक्ने कार्यविधिमा उल्लेख छ । यस्तो कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । उज्ज्यालो अन्लाईनबाट

images
प्रकाशित मिति :कार्तिक २६, २०७५ सोमवार - ०९:५२:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend