Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गायिका ‘अन्जना गुरुङ’ की छोरी मोडलिङ गर्दै

गायिका ‘अन्जना गुरुङ’ की छोरी मोडलिङ गर्दै

सतीश चापागाईं

३, मंसिर २०७५
images
आफ्नो सुमधुर स्वरबाट हजारौँ गीत रेकर्ड गराई सकेकी लोकप्रिय गायिका ‘अन्जना गुरुङ’ ले आफ्नो नयाँ आउन लागेको एकल सांगीतिक एल्बम ‘मिठास-२’ को, (झिम झिम परेली मेरो) बोलको गीतको भिडियोमा आफ्नै छोरीलाई खेलाएकी छिन । भर्खरै सोह्र बर्षमा प्रवेश गर्न लागेको सुअवसरमा छोरी ‘अपेक्षा सिंह’ लाई खेलाएकी हुन् र उक्त गीतमा पिता, गायक तथा संगीतकार कन्हैया सिंहले संगीत गरेका छन् भने शब्द मनोज गुरुङको रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा अपेक्षा सिंह, जयन्त रानाभाट र प्रशान्त श्रेष्ठ खेलेका छन् भने उक्त गीतलाई म्युजिक भिडियो निर्देशन ओम कर्माचार्य (ओममेगा अडियो भिडियो न्युयोर्क) ले गरेका हुन् । गायिका अन्जना गुरुङको दर्जनौ लोकप्रिय गीतहरु; म त काली सुन्दरी, आँखैमा राख्छु मेरो देश, जस्ले मुटु चुडेर लग्यो, आँधी सरि तिम्रो माया, बदनाम भए म तिम्रै कारणले, छम्म छम्म नाचि देउ, मेरो दिलमा एटम बम फोडेर गयेउ लगायत नेपाली संगीत बजारमा यस अघि ब्यापक चर्चा बटुली सकेको छ । अन्जनाको नयाँ गीतको यो म्युजिक भिडियो उनकि छोरी अपेक्षाको यहि आउँदो नोवेम्बर २४ तारिखका दिन् ‘स्विट सिक्स्टिन पार्टि’ कार्यक्रमको दिन् पब्लिक गरिने कुराको जानकारी गायिका अन्जनाले नेप्लिज डायस्पोरालाई गराईन ।            

images
प्रकाशित मिति :मंसिर ३, २०७५ सोमवार - १९:३६:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend