Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म्युजिक भिडियो सार्बजनिक गर्दै स्विट सिक्सटिन मनाईन अपेक्षाले

म्युजिक भिडियो सार्बजनिक गर्दै स्विट सिक्सटिन मनाईन अपेक्षाले

सतीश चापागाईं

११, मंसिर २०७५
images
अपेक्षा सिंह परियार, गायक कन्हैया सिंह परियार र गायिका अन्जना गुरुङकी छोरी हुन् । उनी सोह्र बर्ष पुगिन । अपेक्षा सोह्र बर्ष पुगेको अवसरमा उनका कलाकार बाबाआमाले उनलाई जीवनको एउटा नयाँ उपहार दिए । त्यो हो -उनीहरु कै सिर्जनामा अभिनय गर्ने अवसर ।   केहि दिन अगाडी छायांकन गरिएको म्युजिक भिडियो उनको स्विट सिक्सटिन मनाउने दिन मै सार्बजनिक गरिएको थियो । अपेक्षाकी ममी गायिका अन्जना गुरुङको स्वरको गीत झिमझिम परेलीमा उनले अभिनय गरेकी हुन् । यो गीतमा अपेक्षाका बाबा तथा गायक कन्हैया सिंह परियारले संगीत गरेका हुन् । मनोज गुरुङ्ग्को शब्द हो भने मनोहर सुनामको एरेन्जर रहेको छ । अपेक्षासंगै जयन्त रानाभाट र प्रशान्त उदासले पनि अभिनय गरेका छन् । ओम कर्माचार्यले छायांकन गरेको भिडियोको कोरियोग्राफर गायिका अञ्जना गुरुङ नै हुन् । परिवारका आफन्त र अपेक्षका साथीहरुका बीचमा म्युजिक भिडियो सार्बजनिक गरिएको थियो भने स्विट सिक्सटिनको केक पनि काटिएको थियो । म्युजिक भिडियो र सो अवसरका केहि तस्बिरहरु यहाँ हेर्न सकिन्छ ।   https://youtu.be/5oCe83mn_GE                                                                                            

images
प्रकाशित मिति :मंसिर ११, २०७५ मंगलवार - ०९:४९:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend