Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकामा बुद्धि नपुगे जिन्दगी बिल्लिबाठ हुनसक्दछ -सानुबाबु सिलवाल

अमेरिकामा बुद्धि नपुगे जिन्दगी बिल्लिबाठ हुनसक्दछ -सानुबाबु सिलवाल

सतीश चापागाईं

१९, मंसिर २०७५
images
लगभग आठ घन्टा जति लगातार काम गर्नु पर्दछ अमेरिकनहरु आइ एम सो टायर्ड भन्दै कुर्लिन​, भक्कानिन र बर्बराउन थालिहाल्छन​। कहाबाट हुन्छ यिनका खल्तिमा सेभिङ्ग दिनको पाँच दिन​, दिनको आठ घन्टाले हप्तामा पुग्ने ४० घन्टाको कमाइले कताबाट यिनहरुलाइ सम्ब्रिदि मिल्नु? फेरि यो सबैमा लागु चाहि हुने होइन​। मात्र वर्किङ्ग क्लासका अमेरिकनहरु जसको पे चेक मिनिमम ज्यालामा आधारित छ​। खल्तिमा, वालेटमा र क्रेडीट कार्ड वा डेबिट कार्डमा एकै डलर पनि बाँकि रहे छिनभरमै घोटेर सिध्याउन माहिर हुन्छन​। अर्थात भोलि के खाँउला, के होला भोलि भन्ने यिनका मनमा रत्तिभर चिन्ता र पिडा पनि छैन​। कमायो, खायो, तिरनतारन गर्यो हप्ता हिड्यो र अर्को कमाइलाइ अर्को हप्ता कुर्ने बाहेक यिनका अर्को बिकल्प रहेन। लाखौ अमेरिकनका बैङ्किङ्ग खातापाता छैनन​। बैङ्कको खाता नै नभ​ए पछि कताको डेबिट कार्ड हुनु र​? खाता नहुनेलाइ अपबाद बाहेक क्रेडीट कार्ड पाउने कुरै भ​एन​। अमेरिकामा अब चाहि बैङ्क खाता नहुने, क्रेडीट कार्ड​, डेबिट कार्ड र चेकबुक नहुने तर नगदमा दैनिकि चलाइरहेका अमेरिकन र अमेरिकामा बस्नेहरुको ढडङ्ग चाहि सेकिदै जाने भ​एको छ बित्तिय सस्था, बैङ्क​, सरकारि निति एबम कानुनले नगद डलरमा बढ्दै ग​एको अपराधिकरण​, लागु औषध​, आतङ्ककारिहरुलाइ फन्डिङ्ग र कर नतिर्ने तर सरकारि बेनेफिट पड्काउदै जाने बर्गहरुलाइ टार्गेट शुरु गरेपछि। अमेरिकामा अब क्रमश नगदको कारोबारलाइ हतोत्साहित गरि बैङ्किङ्ग मार्गबाट मात्र कारोबार गराउने निति र सबैको आम्दानि कानुनि दायरा भित्र ल्याउने मुख्य रणनिति हो अमेरिकन सरकारको। हामिहरुको पारा देख्दा अमेरिकनहरु चाहि तिन छक खाने गर्दछन​। खानै नपर्ने, उस्तै परे २४ घन्टा कामको प्रबाह नै छैन​, न भोक​, न निन्द्रा, न भ्याकेसन​, न आफ्नो, न परिवारका लागि समय​, न रेस्ट​। वर्किङ्ग क्लासका नेपालिहरु जो पे चेक टू पे चेकमा बाचिरहेका छन​, जसका परिवारमा एकको कमाइले बहु मुखहरु आश्रित छन तिनलाइ ४० घन्टाको कामको कमाइले आङ्ग ढाकिदैन अर्थात लगभग ५० भन्दा माथि ८० घन्टा हप्तामा काम नगरे आर्थिक स्थिति चौपट्ट हुन रत्तिभर लाग्दैन यो बर्गको। सेभिङ्ग गर्न माहिर छन नेपालिहरु अमेरिकनहरुको दाजोमा। तर​, कमाइ नै मनग्गे नभ​एपछि सेभिङ्गको कलाले के काम लाग्ला र​? देखासिकि ढर्राले पिडित छन धेरै जसो नेपालि र उनका परिवारहरु अमेरिकामा। फलानाले यस्तो गाडि किन्यो, ढिसानाले घर किन्यो, ढिसानाका बुढिले यस्तो सुन, फरिया र लुगाफाटा र पहिरन लगाउछ्न, फलानाको यस्तो, उसको यस्तो यस्तो देखासिकि ढर्राले आफ्नो कमाइ र नियमित आय स्रोतको घाटी नहेरि उधारोमा घर, गाडी र आबश्यक नै नभएका चिजबिजमा आखा लगाउने प्रब्रितिले सेभिङ्गमा धमिरा लाग्ने गर्दछ अधिकाशका। एउटा गहन प्रश्न अमेरिकामा दुखि डलर किन सेभिङ्ग गर्ने, के का लागि सेभिङ्ग गर्ने? मुख्यत सेभिङ्ग भनेकै काम गर्न नसक्दा, अबकाशको अबधिलाइ सहज बनाउने हो। अमेरिकामा जिवनको सेभिङ्ग सम्पत्ति भनेकै अस्पताल चाहर्दा र नियमित औषधिमै जाने गर्दछ अधिकाश रकम​। सोसियल सेक्युरिटिको मासिक रकम​, ४०१ के को अबकाश रकम​, बैङ्किङ्ग सिडीमा बचत रकमको अधिकाश हिस्सा भनेकै अस्पताल​, क्लिनिक र औषधिमा खर्च हुने गर्दछ अमेरिकनका किन भने अमेरिकामा स्वास्थ्य उपचार खर्चालु र महङ्गो छ । कमाउन सक्दा, उमेर​, उर्जा र समय हुदा अबकाश समयका लागि कमाउने बिभिन्न माध्यमहरु छन र तरिकाहरु पनि। तर​, अधिकाश नेपालिहरु भ्रममा छन अमेरिकामा किन भने अहिले समय छ, केहि कमाइ छ, बाचिएकै छ र भबिश्यका लागि मौन अर्थात अनबिज्ञ छन​। अमेरिकनहरुको राजनैतिक मुद्दा, पारिवारिक चिन्ता र ब्याक्तिको चासो भनेको रिटार्यर्ड अबधि अर्थात रिटायर्डमेन्ट प्रति केन्द्रित हुने गर्दछ। छोराछोरिले पाल्ने, भबिश्यमा टेककेयर गर्ने हाम्रो पुरानो मान्यता र हाम्रो सस्कार बिस्तारै अमेरिकन जिवनशैलि सङ्गै परिबर्तन हुदै गैरहेको छ​। अब आफ्नो केयर आफैले गर्ने, आफ्नो रिटायर्डमेन्टको चिन्ता आफैले गर्ने हो। कमाउन सक्दा अबकाश अबधिका लागि आफ्नो पे चेकबाट अतिरिक्त छुट्ट्याउने ब्यबस्था मिलाउनु होस​, अबकाश अबधिका निमित्त सरकारि र निजि कम्पनिहरुका बिबिध कार्यक्रमहरु छन ति कार्यक्रमहरु अध्ययन गर्नुहोस र त्यो प्रिभिलेजबाट फाइदा उठाउनु होस​। ब्यबसायमा लाग्ने दाजुभाइ दिदिबहिनिहरुले पनि रेन्टल पर्पर्टि किन्ने ताको भाडैले अबकाश जिवनमा आर्थिक आय स्रोत हुन सकोस​। शेयर मार्केट छन तिनमा पनि लगानि गर्दा हुन्छ​। त्यसैगरि घरमै बसिबसि थुप्रै आइडियाहरु छन जसबाट नियमित आम्दानि हुनसक्दछ​। महङ्गि, खपत​, क्रय शक्तिमा हुने ह्रास​, आम्दानिमा हुने फरकता र आफ्नो उमेर एबम कर्मलाइ समयमै लेखाज्खा गरि बेलैमा आफ्नो ब्यबस्था गर्न सक्नु भ​एन भने अमेरिकामा अबकाशको जिवन कष्टकर हुनेछ​। बुढो शरिर​, अलिअलि भ​एको डलर सटहि गरि नेपालतिरै गै अबकाश बिताउला भन्नेहरु पनि मनग्गे छन अमेरिकामा नेपालिहरु तर यो फिरन्ते र उधारो र दोधारे मनस्थिति भनेकै बुढेसकालमा थप दुख झेल्ने मेसो हो भनेर भन्दा भयो।

images
प्रकाशित मिति :मंसिर १९, २०७५ बुधवार - २०:३६:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend