Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

श्राद्द (कविता) -अच्युत सिग्देल

श्राद्द (कविता) -अच्युत सिग्देल

सतीश चापागाईं

२५, मंसिर २०७५
images
  श्राद्द ज्वरों आऊदा पानी पट्टि नलगाऊने हातहरूले तिम्रा फोटोमा चढाएको जल, नदीको किनारमा पातले दिएको तर्पण के स्वीकार्छ्यो होला र विनाश्रद्धाको यो फुस्रो श्राद्द कसरी गरौ? ऐंठन आँऊदा नसमाएको हातले पाण्डाहरूको गोडामा घ्यू लगाएर जल सेचन गर्दा अभावले ओखती पानी नदिएको तिमीलाई तिम्रो सँस्मरण दान तिथी जलदिदै वाचन ज्याला स्वरूप दिएको दक्षिणाले तिम्रो भावनामा कट्क्क लागेको दुखाई के कम हुन्छ होला ? वाटो हेर्दै विताएको दशकों रात पटक पटक सुस्केरामा फेरिएको कोल्टे कर्कशा वचन वॉड्ले ऊर्लेका भेल अश्रुशितले भिज्ने तकियामा अर्हरिने गर्धन र दुखेको ढाडलाई सुम्सुम्याऊन सम्म नसक्ने लाचार छोराले कुशको प्रतिविम्वमा गरिएको याचिका वाचन र प्रायश्चित द्रव्य गोदानले तिम्रो आत्म शान्ति होला र ? तिम्रा सुकेका ओठमा एक चम्चा पानी दिन अआऊने मरे पछि श्रीखण्डे चन्दन जलाऊने पेट भरि मीठो पीठों नपाएकी आमा, तिम्रो नाममा लगाएको यो भोजन भोज खान आऊछ्यौ होला त ? भूमण्डल चराचर जगत शीतल पवन, निश्चल अम्वर चन्द्र र सुर्यमा समाहित ऑखॉभरि सजाएका अनन्त अमर तिम्रा प्रतिविम्वलाई छातीमा भक्कानोले वन्चरोहानि मृत मानेर एक्लै एकान्तमा वग्ने गँगामा श्राद्द मानेर तिम्रो प्रतिमूर्ती पिण्ड कसरी सेलाउँ म आमा ? न्यु योर्क, अमेरिका |

images
प्रकाशित मिति :मंसिर २५, २०७५ मंगलवार - १८:४०:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend