Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ने मूनिको नेपाल यात्रा-अर्जुन राज पन्त

ने मूनिको नेपाल यात्रा-अर्जुन राज पन्त

सतीश चापागाईं

२७, मंसिर २०७५
images

एकदिन ने मूनीलाई आफूले खडा गरेको नेपाल नामक देश हेर्न निक्कै नियास्रो लागेछ र उनि स्वर्गबाट सिधै बिमान मार्फत गौचरण बिमान स्थलमा ओर्लिय ,खोई कुन चाही नेता औषधि उपचार गर्न विदेश जान लागेका रहेछन कुन्नि, बिमान स्थल ब्यस्त थियो सबै कर्मचारीहरु फूल मालाका साथ उभिएका थिए ,देख्दै रण जितेर आएका सिपाही जस्ता देखिने ति नेता झट्ट हेर्दा बिरामी जस्ता त कतै बाट पनि देखिन्नथे तर उपचार गराउन विदेश जान लागेका रहेछन् । लामो समयको पर्खाई पछि मूनीको सूरक्षा जाच सबै सकियो उनि आफ्नो पोको कतिखेर आई पुग्छ भनि कुरेर बसे |

पोको त आयो तर सबै लथालिङ्ग खोलिएको आवस्थामा , यसो हेरे आफ्नै पोको जस्तो छ तर पहिला भन्दा निकै सानो, खोलेर हेरे उनकै झोला रहेछ तर पित्तले कमण्डलु र दुई जोर लुगाफाटो बाहेक केहि पनि समान छैन ,सोधो खोजि गरे हारगुहार गरे कसैले सुनेनन् सबै कर्मचारीहरु नेताकै स्वागतमा ब्यस्त थिए ।कसैले त उल्टै यस्ता फुर्साले के को समान बोकेर हिड्नु भन्दै उल्टै उनलाई हपारे पनि ,बिमान स्थलमा आर्काको झोला खोल्न र समान चोर्न बानि परिसकेका कर्मचारीहरुले उनको झोला खोलेर गतिला गतिला समान र धन पैसा सबै चोरिसकेका रहेछन् ,झलक्क हेर्दा सुन जस्तो देखिने उनको पित्तले कमण्डलु भने कुनै नेताको सुन हुन सक्छ ,यो चाही जसरिपनि पास गराउनु पर्छ ।' छुन हुन्न सुन 'भन्ने स्थापित मान्यता अनुसार चोरी भएको रहेनछ | उनले आफू बेखर्ची भएको र सबै चोरी भएको भनेर भन्दा कसैले उनको गुनासो सुनेनन बरु। उल्टै उनलाई गौशाला जाने बसमा राखेर पशुपति तिर पठाउनु भन्ने आदेश भयो ।

गौशाला सम्म त बसले छोड दियो, त्यसपछि कहाँ जाने कता जाने अलमल्ल परे साथमा फुटेको कौडी छैन, धन पैसा सबै चोरी भो साथमा कमण्डलु र दुइ जोर कपडा बाहेक केहि छैन अब कसरी घुम्ने हो त भन्दै यता उता भौतारिदै थिए एक्कासी उनको आगाडी एक रिक्सा वाला देखियो,उनले आफ्नो सबै वृतान्त बताए ।आफ्नो परिचय खुलाए आफू ने मूनी भएको , यो शहरको स्थापना आफैले गरेको , यहाका सबै जनताको पालन पोषण ,रेख देख आफैले गरेको , मैलेनै पालीत गरेका मान्छेहरुले कालान्तरमा यो देशको नामनै मेरै नाम बाट नेपाल भनेर राखेको ,धेरै वर्षपछि यो आफूले खडा गरेको मुलुक हेर्न मन लगेर फर्केर आउदा बिमानस्थलमा आफ्नो यो हालत भएको , आफू संग यो कमण्डलु बाहेक केहि पनि नभएको र जसरि भयपनी यो देश आफुलाई घुम्नु पर्ने भएकोले उनलाई सहयोग गर्न आग्रह गरे यस बापत बरु मन्जुश्रीले चोभारको गल्छी काट्दा प्रयोग गरेको खड्ग त्यहि चोभारको बनमा लुकाएर राखिएको र त्यो ठाउँ म देखाई दिउला भन्ने सर्तमा अन्त्यमा रिक्सावाला लाई राजी बनाए र उसै संग काठमाडौँ शहर घुम्न हिडे । आफूले छाडेर गएको त्यति सफा, शान्त र सम्बृद्ध शहर आज उनलाई पत्याउनै गार्हो भयो जता ततै धुलो फोहोर, खाल्डा खुल्डी ,भिड ,कोलाहल ,अराजकता , मान्छेको पहिरन पनि त्यस्तै ,व्यवहार पनि त्यस्तै , एक ठाउँ छिचोलेर आर्को ठाउ पुग्न पनि हम्य हम्य कति पय ठाउँमा त रिक्सा चल्न नसकेर धकेल्दै पनि हिँडे रिक्सावालाले आफूले भ्याय जति बस्तुस्थिति अबलोकन गराउदै आफ्नै शुरमा रिक्सा चलाउदै थियो, रिक्सा एक्कासी सडक पेटीमा ठोक्किएर पल्टियो ,मूनी पनि सडकमा पल्टिए ,आफ्नो चोट पटकको पर्बाह नगरिकन चालकले उनलाई उठायो अरु घरहरु भन्दा अस्वाभाविक ढंगले सडक सम्मै पेटी विस्तार गरेर बनाइएको उत्त नेताको घरको पेटीमा पल्टिदा निधारमा गहिरो चोट लागेर मूनीको रगत बगिरहेको थियो ,आफूले लगाएको कछाड च्यातेर निधारमा बाधे रगत थमिएन ,चालक एकछिन आत्तियो पछि मूनीले तिम्रो केहि दोष छैन नडराऊ यो त घरको पेटिले गर्दा भयको हो भने ।यति सुने पछि चालकले भन्यो यहाँ यस्तै हो नेताहरु नियम कानून भन्दा माथि हुन्छन् ,यिनले जे गरे पनि हुन्छ यो पेटी बनाउनै नपाइने हेा यसरि तर यहाँ यस्तै हो,नेताले जे गरेपनि हुन्छ ,न्यायलय पुलिस सबै यिनीहरुकै कब्जामा छन्,केहि उजुरी गर्न ठानामा जानु पर्यो भने पनि पहिला नेताको सिफारिस चाहिन्छ नत्र मुद्दा नि दर्ता हुदैन,हत्या बलत्कार जस्तो जघन्य घटना घट्यो भने पनि पहिला नेतालाई फोन गरेर मात्र पुलिस संग गुहार माग्ने हो ।आफूले चिनेको नेता सत्तामा नभए न्याय खोज्न नहिडे पनि हुन्छ,ढोका अगाडि धेरै बेर बस्दा रिसाउलान फेरि बरु रगत थमिएन अस्पतालतिर जाउ भन्दै चालकले अस्पताल तिर लग्यो ।

नजिकैको निजि भब्य अस्पतालमा त पुगे तर उनको रक्त श्राब्को कसैले वास्ता गरेनन् पैसा नतिरे सम्म उनको सामान्य प्राथमिक उपचार पनि भएन,सबै सङ्ग अनुनय बिनय गरे कसैले सुनेनन्, उनले मान्छेहरुको मनाबतालाई पनि धिक्कारे , अन्त्यमा आफूसंग भएको पित्तले कमण्डलु बन्धक राखेर उनको काटेको निधारमा टाँका लगाउने काम भयो ,टाँका लगाई सकी नसक्दै आफैमा निक्कै उदास देखिने ति परिचारिकाले लौन बाबा यति हस्त रेखा हेर्दिनुस न मेरो भन्दै आफ्नो हात तेर्साइन । मूनीले भने ,म कुनै हस्त रेखा हेर्ने बाबा होइन म त एक शाधू शन्त हु, नानीले यत्रो भरोसा राखेर बिश्वास गरेउ बरु मलाई सानो सहयोग गर्देउन् भन्दै आफ्नो कथा व्यथा सुनाए ।मूनीको कुरा सुनेर ति परिचारिकाले भनिन हो यो अस्पताल हजुरले बिमानस्थलमा भेटेका नेताहरुकै हो र म आफै समेत पछि जागिर पाईने आशमा छ महिनाका लागि अबैतनिकरुपमा काम गर्दै छु ,मूनी दङ्ग पर्छन यहि आफ्नै यति ठूला अस्पताल हुदा हुदै किन विदेश जान पर्यो त फेरी अनि मालई सेवा दिएर आखिर तिमीले केहि पनि पाउदी रहिन्छेउ त आखिर किन राख्नु पर्यो त म जस्ता साधुको कमण्डलु बन्धकी ! बिचरा परिचारिका एक छिन् अमुक हुन्छे अनि भन्छे यहाँ यस्तैहो यो नेताहरुको ब्यबसाय मात्र हो , नत यहाको सेबा प्रति उनीहरुको बिस्वाश छ, नत शुधार गर्ने कुनै सोच नै नेताको मात्र के कुरा यहाका कतिपय नब धनाड्यहरु पनि यस्तै छन् आफ्ना सन्तान डाक्टर बनाउछन तर उसले दिएको औषधि खान सक्दैनन् !बरु आफूलाई ठूलो भाग्यमानी ठान्नुस धन्न आरु धेरै उपचार गराउनु परेन यहाँ त टाउको दुखेर आए बंगारा फुकालेर पनि पठाई दिन्छन र मान्छे मरी सके पछि पनि उपचार गर्दै छौ भन्दै रकम अशुल्न समेत लाज मान्दैनन ,दाहिने हात भाच्चिएर आउनेको देब्रे हात प्लास्टर गर्ने कुरा त सामान्य भई सक्यो,अबत बिरामी पर्दा डाक्टरकोमा भन्दा धामीझाँक्रीकोमा जानु नै बेस ,कमसेकम मन्तरेको बेसार पानीले ज्याननै त जान्न नि भन्न थाले भन्दै सवै वेथिति भन्दै धन्न नक्कली डाक्टरको फेला पर्नु भएन भनि । कुरो बुझ्दा कतै बाट पनि कमण्डलु फिर्ता पाउने आशा देखेनन् ,ति परिचारिकालाई कमण्डलु माग्न पठाउदा झन् बल्ल बल्ल पाउन लागेको उनको जागिर पनि धरापमा पर्ने देखे पछि मूनी र चलाक खाली हात अस्पताल बाट फर्किए । भारी मन लिएर रिक्सावाल र मूनी अस्पताल बाट फर्किदै थिए एक्कासी प्रहरीको भ्यान आयो र सडकको छेउछाउमा माग्दै हिडेका ति सडक बालबालिका र अपाङ्ग भिखारी हरुको झुण्डलाई लछार पछार पार्दै गाडीमा राख्यो तर पागलहरू त्यही छाडिदियो ,मूनीले यो के गरेको भनेर सोधे चालकले भन्यो यो नयाँ कानून हो रे,मागेर हिड्न पईदैन तर यी किन माग्दै हिड्नु पर्यो धनि र गरिब बिचको खाडल दिन प्रतिदिन किन यति फराकिलो हुदै छ यिनको कसरि ब्यबस्थापन गर्ने तर्फ सरकारको केहि पनि सोच छैन यस्ता मानिसहरुकोलागी भनेर बनाउन लागेको आबास पनि नेताहरुले आफ्नै निवासको रुपमा प्रयोग गरे ,तर पागलहरू प्रति यिनीहरु उदार छन् केहि पनि गर्देनन् माया गर्छन आफ्ना र आफ्ना नेताका आफन्त वा आफै हत्या बलत्कार जस्तो जघन्य घटनामा मुछिए वा अपराधी पत्ता लगाउन सकियन भने यस्ता पागलहरुलाई यही हो अपराधी भन्दै ठड्याउछन पनि, यो देशमा गरिबहरु प्रति कसैको वास्ता छैन यस्तैहो खिन्न मन नगर्नुस । यत्तिकैमा ट्राफिकले सिठी बजाउदै रिक्सा आगाडी जान दिदैन कुरो बुज्दा अब केहि घन्टामा यहि बाटो भएर राष्ट्रपतिको सबारी हुदै छ भन्ने बुझियो | एकै छिनमा सबारी साधनहरुको निकै ठूलो लाम लाग्यो रिक्साको नजिकै एम्बुलेन्सबाट प्रशब व्यथाले ग्रस्त एक महिलाको चिच्यावट जस्तो बिरामीको आवाज आई रहेको थियो, नत त्यो गाडी आगाडी बढ्न वा पछाडी फर्केर जानसक्ने आवस्था नै थियो, नत त्यो पीडाले कसैको मन नै छोएको कुनै मनबता थियो ,केहि समयको पर्खाई पछि त्यो आवाज क्रमसःसानो हुदै गयो र अन्त्यमा हरायो पनि ,रिक्सावालाले रिक्साको आडामै रहेको बत्तिको पोलमा शिक्री लगाएर रिक्सामा चाबि लगायो र दुवै जान बिपरित दिशा तर्फ़ लागे। शहरका यस्ता उदेकलाग्दा मनबता हिन दृश्यबाट दिक्क भएका मूनीले रिक्सावाललाई भने ,पुग्यो यहाँ भन्दा अरु र केहि हेर्नु छैन म जान्छु बरु गाँउ तिर भन्दै उ संग बिदा माग्दै थिए । उसले भन्यो ,गाँउ पनि येस्तै हो जता ततै नेतै नेता मन्त्रीनै मन्त्रि साम्सद्नै साम्सद, अब त यति सम्म भयोकि आकाशबाट कुनै चराले बिस्टायो भने पनि कुनै न कुनै मन्त्रि वा साम्सद्को टाउकोमा पर्ने दिन आयो । मूनीले जसरी पनि जाने निर्णय गरेपछि उ फर्कियो र मूनी लागे गाँउ तर्फ़ ,जादा जादा वल्लो गाँउ बाट पल्लो गाँउ जानकोलागि खोलाको पुल तर्नु पर्ने भो पुलको मूखमा एक चेक पोस्ट थियो मान्छेहरु पैसा तिर्दै पुल तर्दै गर्दा रहेछन् पैसा तिर्न नसक्नेहरु कित खोला बाट जानु पर्दोरछ , कित एक कोष माथिको तुईनबाट ज्यानको आश मारेर खोला तर्नु पर्दो रछ,मूनीले आफू पैसा नभएको फिरन्ते जोगी भएको र फर्केर आउदा म तिरुला बरु मलाई जान दिनुस भन्दै बिन्ति गरे तर उनको कुरा कसैले सुनेनन् उल्टै पैसा तिर्न सक्ने भए पुलबाट जा नत्र खोला बाट जा , त जोगीलाई खोलाले लागे पो के फरक पर्छ र भन्दै आफ्नो कुरा सक्यो,यसो हेरे साउने त्यो भेल अनि पानि पार्न नहुने आफ्नो टाउकोको आलो घाउ पार लागिएला जस्तो लागेन, धाेराक्कियर नजिकैको ढुंगा माथि बसेर खोला हेरिरहे येत्तिकैमा साँझ पर्न लाग्यो नजिकैको भट्टी पसलबाट एक जना भलाद्मी जस्तो मान्छे खुट्टा टेक्नै नसक्नेगरि निस्क्यो, त्यहाँ बसेका मान्छेहरुले कुर्चीबाट उठेर नमस्ते गरे उ वडा अधक्ष्य रहेछ , मूनीले उसंग आनुरोध गरे अन्त्यमा आफू संग भएको बुट्टे लौरो बन्धक राखेर फर्किदा पैसा तिर्ने सर्तमा पुल तर्न दिईयो | यसरी पुल तर्न पाएका मूनी पुलको बिचमा पुगेर यता उत्ति हेर्दै थिय ,आफूले बन्धक राखेको लौरो टेक्दै खुट्टा टेक्नै नसक्ने आबास्थाको वडा अधक्ष्य उनकै आडाबाटै ढुन्मुनिदै बाटो लाग्यो न त उनलाई आफ्नो लौरो माग्ने हिम्मत आयो नत केहि बोल्न , यसो कुना तिर तर्केर अल्लि धेरै बाटो छाडदिए ।गाँउमा पुगे सबै बस्तुस्थिति हेरे कानमा लगाउने गहनो बन्धक राखेर बच्चा बच्चीको जन्म दर्ता गरेको पनि देखे, नेताहरुले जुन सुकै शिर्सकामा पनि मनपरी कर उठाएको र उठेको रकम बिकास निर्माण भन्दानी स्थानीय देखि केन्द्र सम्मका नेताहरुकै सेवा शुबिधा लागि मात्र खर्च भएको र अलि अलि बचेखुचेकॊपनि सेवा शुबिधा नै नचाहिने स्तरका भू पु नेताहरुको लागि आजिबन खर्चिएको भेटे, नेताहरुको जिबन शैली देखे एक पटक वडा स्तरको नेता भएको मान्छेले समेत जिन्दकी भरि नेतागिरी गरेर खाएको ,गाउँ घरमा मोरो पर्दा लाश समेत उठाउने युवा समेत नरहेको ,उनिहरुले विदेशबाट पठाउने रेमिट्यान्सबाट गाउँलेको छाक र नेताहरुको मॊज मस्ति चलेको पनि देखे ,अब पुग्यो गाँउ शहर सबै देखे यहाँ भन्दा धेरै हेर्नु छैन भन्दै फर्किदै थिए ,होइन आयको बेलामा पशुपतिको दर्शन नगरी कसरि फर्कनु र भन्दै लागे पशुपति तर्फ। बागमतीको पानी हेरे ,हातले त के काठले समेत छुने हिम्मत आएन नजिकैको श्लेषमान्तक बन हेरे मृग मृगिणिको रुपमा शिब पार्वतीले बिहार गर्ने बनमा आहिले मृग मृगिणिको रुपनै धारण गर्नु पर्दो रहेनछ ,जता ततै शिवजीको प्रसादमा झुम्म परेका मान्छेहरुमा केहि भएपनी आफ्नै किसिमको शिव भक्ति देखे ,अन्त्यमा मूल भट्ट पुजारीलाई भेटि कसैलाई नभन्ने सर्तमा आफ्नो वास्तविक पहिचान खोले र मन्दिर भित्र नै प्रवेश गरि पूजा आराधना गरे ,यत्तिकैमा कसले नरेन्द्र मोदी जोगीको भेष धारण गरेर पशुपति मन्दिर भित्र पूजा गर्दै छन् भन्ने हल्ला गर्दिएछन हेर्ने मान्छे को भिड लाग्न थाल्यो ,शुरुमा कसैले बिस्वाश गरेनन पनि यी मोदी होइनन् , मोदी भए खोई त भारतीय कमान्डोहरु वरिपरि हुनु पर्ने हो त समेत भने ,जब एक योगी पशुपति मन्दिर भित्रै पसेर यसरि पूजा गरेको देखे , मान्छेहरु ससंकित बने, झट्ट हेर्दा मोदीको जस्तो कद ,आधा आनुहार निधारको चोटको कारण छोपिएको र महिनौ सम्म सफा पानीमा स्नान गर्न नपाएक उनका दार्ही जुँगा कता कता कनक्कली जस्ता देखिन्थे पनि यी सबै संयोगले गर्दा मान्छेले यी मोदी नै हुन् भन्ने निस्कर्ष निकाले , यो हल्ला एक कान दुई कान हुदै प्रधानमन्त्री कार्यालय सम्म फैलियो ,केहि घण्टामै ठूलो दल बल सहित प्रधानमन्त्री पशुपति पुगे ,उनलाई स्वागत गर्न नेताहरुको ठूलो लर्को नै लाग्यो, सकी नसकी सबैले हिन्दीमा आफ्नो परिचय खुलाउदै मोदिजिको स्वागत गरे र संसद्को दुवै सदनलाई समेत सम्बोधन गर्ने चाजो पाजो मिलाई सिधै संसद भबन लगियो । अघिपछि कुकुर बिरालाको शैलीमा झगडा गर्ने, विदेशीले किनिदिएका कुर्ची माइक समेत भाचेर हानाहान गर्ने,संसद भवनमै सुर्ती खाएर त्यहीँ थुक्ने, कुर्चीमै बिरालो निदाएझैँ घुर्दै सुत्ने त्यो जमात शान्त र शालीन देखिन्थ्यो । मूनीलाई पहिला त आफूलाई सम्बोधन गर्न लगाएको कुरा प्रति रिस नउठेको त कहाँ हो र ? तर आफूलाई सम्हाल्दै आफ्नो भनाइ राख्ने उपयुक्त समय आएको ठानी आफ्नो प्रबचन शूरु गरे-- "न त म तपईहरुले ठानेको मोदि हुँ न त म हिन्दि नै बुझ्छु , न त कुनै कोलि भैया भन्दै आफ्नो परिचय गराउनेको दाई साहेब नै हुँ । उनलाई मात्र होइन खाली कागतमा हस्ताक्षर गरेर आफ्नो हस्ताक्षर कहाँ कसले कसरि प्रयोग गर्छ त्यति पनि हेक्का नहुने यो बथानका न कसैलाई चिन्छु । वास्तवमा म ने मूनि हुँ । परापूर्वकालमा यो बस्तीका सबै बासिन्दाहरुको लालन पालन रेखदेख सबै म आफैले गर्थेँ । कालान्तरमा मेरै नामसंग जोडेर यस बस्तीको नाम नेपाल रखिएछ । आज धेरै समयपछि यो मुलुकको रुपरेखा हेर्न आउदा मैले विमानस्थलदेखि देखे भोगेका कुरा दयनिय देखिए । देशका जनता सबै विदेशीले पालिदिएको र बल्ल बल्ल हात मुख जोड्न पाएका जनताले आजिबन नेता पाल्नु पर्ने विवश मुलुक सँग नाम जोडेको पाएँ । अब मलाई यस भन्दा वढि उपहास पात्र नबनाउ । यति धेरै बहुमत भएको यस सभाबाट नेपाल नाम परिवर्तन गरी नेतापाल बनाउ । त्यसपछि सधैंलाई ढुक्क हुन्छ । यति सार्थक नामको विरुद्ध कोहि अनाशन बसे त्यो जिम्मा मेरो भो ढुक्क हुदा हुन्छ बरु मलाई मेरो बन्धक राखेको कमन्डलु पनि चाहिएन । हालसम्म मेरो नामसंग जोडेर आफ्नो मुलुकको नाम राखेकोमा धन्यवाद । हाल टेक्सास अमेरिका

images
प्रकाशित मिति :मंसिर २७, २०७५ बिहिवार - २०:४०:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend