१३, श्रावण २०७५
श्रावण १२, २०७५
नेप्लिज डायस्पोरा
अमेरिका / मेरिल्याण्ड
नेपाली कांग्रेस निकट प्रवासी संस्था जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको छ । विश्वका ३२ देशहरुमा सक्रिय रहेका जनसम्पर्क समितिहरुको छलफल पछि यो संजाल गठन गरिएको हो ।
सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी छन। उपसभापतित्रयमा यूएईका चित्र केसी, कञ्चन पोखरेल, नवराज शिवाकोटी, महामन्त्रीमा चिन्तामणि सापकोटा, सहमहामन्त्री भूपि गोविन्द श्रेष्ठ, सहमहामन्त्रीमा नविन आचार्य, कोषाध्यक्षमा सुभाष घिमिरे छन्।
सदस्यहरुमा कुलबहादुर गुरुङ, विराट श्रेष्ठ, डिपी कंडेल, राजेन्द्र जमरकट्टेल, अंविर जोशी, उत्तम कडेँल, टिकाराम सापकोटा, पूर्ण तिम्सिना, दीपक रेग्मी, कुश बस्नेत, उषा भूषाल, हेमराज पाण्डे, वेदनिधि आचार्य, नवराज लामिछाने, विष्णु सापकोटा, राजेन्द्र विरही, भवानी शंक तिवारी, ताराप्रसाद बंजाडे र ज्ञानेन्द्र खत्री छन्।
पार्टीलाई सांगठनिक रुपमा सहयोग पुर्याउन, जनसम्पर्क समितिको विधानमा एकरुपता ल्याउनका लागि विश्व सञ्जाल गठन भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशित मिति :श्रावण १३, २०७५ आइतवार -
०६:०६:२६ बजे