Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

?सत्यम् शिवम शुन्दरम्? -जिन्दगी हार्नका लागि होइन

?सत्यम् शिवम शुन्दरम्? -जिन्दगी हार्नका लागि होइन

सतीश चापागाईं

३, पौष २०७५
images
श्रीकृष्ण रेग्मी जिन्दगीमा हार्नको लागि एैलेसम्म कुनै ठाउ नै छैन । वास्तबमा भन्ने हो भने यो जिन्दगी सित्तैको हो । त्यति मात्र कहाँ हो र यो अति सुन्दर पनि त छ ! जीन्दगीमा सपनासँग रमाउन पनि उत्तिकै मजा छ । वुझ्न सके श्रीखंड नत्र त्यही हो उखानमा भने झैँ । आखिर जीन्दगी सपनै त हो ...। एैलेसम्म त सपनापछि विउझिने मौका धेरै पटक मिलेको छ । सोच्नुहोस् ! त्यो दिन पनि पक्कै आउछ सपना त छदै छ ( विउझिदै नविउझिने .... चिरनिन्द्रामा पनि पुगिन्छ एक दिन । तेसैले, जिन्दगी जीउनु छ भने आफ्ने आईडियामा जिउन सिकै । अरुको पछि लागेर होईन, आफुलाई अघि पारेर जीउन सिकौं । हारसित किन डराउने ? हार भन्ने कुरै छैन संसार । असफलतालाई हार भनिएको हो । यसलाई अनुभव भन्नु पर्छ । आखिर जिन्दगीमा त्यो जीत होईन जहाँ अरुलाई रुवाएर जीत्नेहरुको जीत भन्दा सत्यको लागी, देशको लागी, जनताको लागी, समाजको लागी र सत्य पथमा लाग्दा लाग्दै पैतला किन नफाटुन उस वख्तको हार “त्यो देखावटी जित भन्दा पनि मेरो हार “धेरै मिठो “ लाग्छ किनकी सत् यात्रीले सत्मार्ग प्रती समर्पितहुन सिकेको हुन्छ । जिन्दगीमा फेरी अर्को हार थपिएको छ भनेर वुझ्दछ तर सत्य त्याग्ने निर्णय कहिलै पनि हुदैन । सत्यतामा साथ दिन सिकै, झुट्टा देखवटी, वनावटी सम्वन्धलाई लात दिन सिकौं । सामाजिक सेवाका नाममा र देखाउने दुईवटा दाँत आनि नामका आगाडी टाईटलका पछि लाग्नेहरुलाई आफ्नो दोस्त हो भन्दैमा असत्य झुट र देखावटी व्यक्ति वोक्तै पछि नलागौं । सत्यम शिवम सुन्दरम !!! मेरिल्याण्ड अमेरिका

images
प्रकाशित मिति :पौष ३, २०७५ मंगलवार - ११:४५:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend