Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

चिमखोला चिनाउने दोस्रो गीत बजारमा (भिडियो सहित)

चिमखोला चिनाउने दोस्रो गीत बजारमा (भिडियो सहित)

सतीश चापागाईं

३, पौष २०७५
images
  चिमखोला चिनाउने उद्देश्यले एउटा नयाँ गीत बजारमा आएको छ । निसिजा परिवारले यो गीत बजारमा ल्याएको हो । यो गीतको गीतकार चिमखोलाका युवा जोडी निलम गर्बुजा र शितल पुन हुन् । यो जोडी अहिले अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका छन् । गीतमा म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ७ को चिमखोलाको चित्रण गरिएको निलम गर्बुजा बताए । नेपालका चर्चित गायक राजेश पायल राईको मुख्य स्वर रहेको छ । यस गीतमा अहिलेका उदियमान संगीतकार जितु पुनको संगीत रहेको छ । चिमखोलाका पर्यटकीय स्थान, चर्चित संस्कृति र ख्यातीप्राप्त व्यक्तिहरुको तस्बिरहरु संकलन गरेर भिडियो तयार परिएको छ । भिडियो सम्पादन पशुपति बश्यालले गरेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस https://youtu.be/9Avxwce1u0w    

images
प्रकाशित मिति :पौष ३, २०७५ मंगलवार - १७:५९:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend