Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

खनालको अध्यक्षतामा सम्पर्क समाज गठन

खनालको अध्यक्षतामा सम्पर्क समाज गठन

नेप्लिज डायस्पोरा

१८, श्रावण २०७५
images
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पाँचथर–काठमाडौं सम्पर्क समाज आज गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य सुनिता कुरुम्बाङ, तेजकुमार कुरुम्बाङ, राप्रपा पाँचथरका नेता बमबहादुर सम्बाहाम्फे समेतको उपस्थितिमा काठमाडौंमा बसोबास गर्नेहरुको एक भेलाले कृष्ण खनालको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । नव गठित सम्पर्क समाजको उपाध्यक्षमा मोहन चम्लागाईं र सन्तोष शाह, सचिबमा शैलेन्द्रराज श्रेष्ठ तथा कोषाध्यक्षमा कुमार बस्नेत चुनिनुभएको छ । यसैगरि सदस्यहरुमा होमनाथ भण्डारी, कल्पना खापुङ, सिता दाहाल, बलबहादुर खड्का, आसबहादुर सम्बाहाम्फे, रामबहादुर खत्री, हर्क योङया, धर्म कुईंकेल, ममता शाह, उषा थापामगर लक्ष्मी दाहाल, गोविन्द रोका, उपेन्द्र सुब्बा, इन्दिरा देवी भण्डारी र राजेन्द्र खनाल रहनुभएको छ । यस्तै सल्लाहकारमा बमबहादुर सम्वाहाम्फे, तेजकुमार कुरुम्बाङ, सुनिता कुरुम्बाङ, रामबहादुर थापा मगर, जगत थापा मगर, मोहन कुमार दाहाल र भवानी निरौला रहनुभएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७५ शुक्रवार - १२:२८:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend