Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

चुप लागेर नबस्ने जोशीको चेतावनी, राजिनामा पनि नदिने

चुप लागेर नबस्ने जोशीको चेतावनी, राजिनामा पनि नदिने

नेप्लिज डायस्पोरा

१९, श्रावण २०७५
images
प्रधानन्यायाधिश बन्न अयोग्य ठहरिनु भएका कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशीले आफ्नो अवको कदमका बारेमा भोली मात्रै निर्णय गर्ने बताउनु भएको छ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधिशमा अस्विकृत हुनु भएका जोशीले नेपाली रेडियो नेटवर्कलाई दिनुभएको विषेश अन्तर्वार्तामा उहाँले भोली नयाँ कदम चाल्ने बताउनु भएको हो । सुनुवाई समितिले गरेको निर्णय प्रति लक्षित गर्दै जोशीले भन्नुभयो, “उहाँहरुले गर्ने निर्णयमा मैले केही भन्नु छैन, मैले गर्ने निर्णय भोली गर्छु ।” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै उहाँले आज विदा भएकाले के गर्ने भन्ने बारेमा भोली नै निर्णय गर्ने जवाफ दिनुभयो । तर भोली देखि अदालतमा गएर काम गर्ने की नगर्ने भन्ने बारेमा भने उहाँले स्पष्ट जवाफ दिनुभएन । अयोग्य ठहर भएकाले राजीनामा दिने की नदिने भन्ने बारेमा सोधिएको प्रश्नमा उहाँले राजीनामा किन दिने भनेर प्रतिप्रश्न गर्नुभयो । आफ्ना शैक्षिक प्रमाणपत्रहरु नक्कली नभएको दावी गर्दै उहाँले नक्कली भए पुष्टी गरेर देखाउन सुनुवाई समितिलाई चुनौती पनि दिनुभयो । उहाँले कार्यक्रममा प्रश्न गर्नुुभयो, “प्रमाणीत नभएको आरोपमा चुप लागेर बस्न मिल्छ की मिल्दैन ?” अनि आफै जवाफ दिनुभयो “ मिथ्या आरोपमा चुप लागेर बस्ने कुरा हुदैन ।” सुनुवाई प्रक्रिया सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक कुराकानी र भेटवार्ता भएको स्विकार गर्दै जोशीले आफुलाई प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले आफ्नो प्रशंसा पनि गरेको जोशीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सकारात्मक संकेत गरेपनि सुनुवाई समितिले आफ्नो बारेमा नकारात्मक निर्णय गरेको प्रति आफ्नो भन्नु केही नभएको उहाँको भनाई थियो । कुराकानीका क्रममा उहाँले आफु अनावश्यक पेलानमा परेको आशय पनि व्यक्त गर्नुभयो । न्यायालयका निश्चित मर्यादा र मान्यतालाई कायम राख्न सकिएन भने स्वतन्त्रता र न्यायिक मर्ममा असर पर्ने उहाँको भनाई छ । आफुलाई लागेको आरोपहरुका बारेमा आफुलाई संवन्धीत व्यक्तिहरुले केही प्रश्न नगर्नु भएको जोशीले बताउनु भयो । उहाँले भन्नुभयो, “प्रमाणपत्र नक्कली हो भन्ने पुष्टी गर्नुपर्यो नी, आधिकारीक निकायबाट पाएको प्रमाणपत्र नै गल्ती हुन्छ भने मैले के गर्नु ?” सुनुवाई समितिलाई आफुले १४ बुँदे कार्ययोजनाका बारेमा जानकारी गराएको कामु प्रधानन्यायाधिश जोशीले बताउनु भयो । मुद्धाहरुमा विगतमा चलखेल गरेको आरोपका बारेमा उहाँको जवाफ थियो “चलखेल भएको भए कारबाही हुनुपथ्र्यो नी ।”

images
प्रकाशित मिति :श्रावण १९, २०७५ शनिवार - ००:३८:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend